२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँग्रेसलाई असहयोग गर्नेलाई कारवाही हुन्छ : प्रकाशमान


२९२० पाठक संख्या

बनेपा ÷ नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा पार्टीलाई हराउन सहयोग गर्नेलाई कारवाही गर्ने

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा ÷ नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा पार्टीलाई हराउन सहयोग गर्नेलाई कारवाही गर्ने बताएका छन । नेपाली काँगे्स काभ्रे क्षेत्र न ३ को आयोजनामा राष्ट्रिय धान दिवस अवसर पारेर गरिएको नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा बनेपामा बोल्दै महामन्त्री सिंहले कुनैपनि हालतमा काँगे्रस भएर कागे्रसलाई हराउन सहयोग गर्नेलाई कारवाही भइ छाड्ने बताए ।
    उनले संविधान कार्यान्वयनको बाटोमा मुलुक अगाडी बढेको बताए । हामी स्थानीय तहको निर्वाचन गरिहेका छौ, अव प्रदेश र केन्द्रिय चुनाव सकाएपछि मुलुकमा संविधान कार्यान्वयन हुन्छ, यसको नेतृत्व काँगे्रसले नै लिने उनले बतए । उनले कार्यकतालाई भने स्थानयि तहको गल्ती नदो¥याउन अहिले देखि संगठन सुद्धिढीकरणमा लाग्नुपर्ने बताए । स्थानीय चुनाव त आफ्नै साथीका कारण पराजित भयौ, अव अन्य चुनावमा त्यो नहोस्, त्यसका लागि अहिलेदेखि संगठन निर्माणमा जुटनुहोस ।
    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद मोहन राईले घात गर्नेहरुलाई नेतृत्वले तुरुन्त कारवाही नगरे पुन घात हुने भन्दै छिटो कारवाही गर्ने नेतृत्वलाई सुझाव दिए । काभे्र क्षेत्र न १ का सांसद तिर्थबहादुर लामाले काँगे्रस स्थानीय निर्वाचनमा एक दुई स्थानमा हा¥यो भन्दैमा फितल नभएको बताए । उनले कमी कमजोरीलाई सुधार गरेर आत्माविश्वासका साथ लाग्न नेतृत्वलाई सुझाव दिए । बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले टिकट बाँडदा भएको कमजोरीले काँगे्रसले धेरै सथानमा पराजय भोग्नुपरेको बताए । उनले वडा अध्यक्ष समेत जित्न नसक्नेले टिकट बाँडदा पार्टी हारेको बताए । कार्यक्रममा नेपाली काँगे्रसका बनेपा नगरका सभापति एवम् मेयरका प्रत्यासि राम जोशीले काँगे्रस कै कारण आफुले बनेपामा पारजय भोगेको बताए । उनले अव आउने प्रदेश र संसदको चुनावमा यस्तो घात नहुने वातावरण बनाउन नेतृत्वलाई अनुरोध गरे ।
    काभ्रे क्षेत्र न ३ का सांसद एवम् क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र न ३ बाट नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमुख अतिथि प्रकाशमान सिंहले बर्धाइ तथा सम्मान गरेका थिए । कार्यक्रममा गायक रामहरी न्यौपाने र सिता दाहालले नेपाली काँगे्रसका पक्षमा गित गाएका थिए भने कार्यक्रमको संचालन इोत्रिय सचिव विदुर घिमिरेले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार