२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौती ८ काँग्रेसको वनभोज


२४७० पाठक संख्या

पलाञ्चोक / नेपाली काँगे्रस पनौती ८ को आयोजनामा शनिवार पलाञ्चोक भगवतीमा बृहत वनभोज तथा शुभकामना

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • पलाञ्चोक / नेपाली काँगे्रस पनौती ८ को आयोजनामा शनिवार पलाञ्चोक भगवतीमा बृहत वनभोज तथा शुभकामना कार्यक्रम मनाइएको छ । नेपाली काँगे्रसका पूर्व सभापति शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५ सय भन्दा बढीको उपस्थिती रहेको थियो ।
    हुमागाईले नेपाली काँगे्रसले मुलुक परिवर्तनमा अहम भूमीका खेलेको स्मरण गदै काँगे्रस कै नेतृत्वमा शान्ती र समृद्धि आउने बताए । उनले काँगे्रसको अहिलेको मुख्य जिम्मेवारी भनेको आर्थिक समृद्धि तर्फ मुलुकलाई लैजानुभएको बताए । उनले काँगे्रसले अव मुलुकमा रहेका गरिवी, अशिक्षाहरुलाई अन्त्य गर्ने गराएर मुलुकलाई सक्षम र समृद्धि तर्फ उन्नमुख गराउने बताए । कार्यक्रममा नेपाली काँगे्रस काभे्र क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाईले काँगे्रस जास्तोसुके परिस्थीतीलाई पनि सहज रुपमा संचालन गर्न सक्ने पार्टी भएको बताए । उनले काँगे्रसले मात्र मुलुकलाई सहि दिशा तर्फ लैजाने बताए ।
    कार्यक्रममा पनौती नगरका सभापति रामशरण भण्डारी, पनौती ८ का वडा अध्यक्ष केशव बञ्जारा, पनौती ११ बल्थलीका वडा अध्यक्ष तारामान लामा, उपमेयरका उम्मेदवार अञ्जु रजित केसी, पनौती ८ का वडा अध्यक्ष प्रकाश केसी लगायतले बोलेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार