२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घर बनेपछि भूकम्पपीडितमा खुशियाली


३२३६ पाठक संख्या

फलामेमा १४७ घर अर्थव्याग प्रविधिमा बने मधुसुधन तिमल्सिना रयाले / पनौती नगरपालिका १ रयाले फलामेकी

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २५, आईतबार मा प्रकाशित ७ साल अघि
  • फलामेमा १४७ घर अर्थव्याग प्रविधिमा बने

    मधुसुधन तिमल्सिना

    रयाले / पनौती नगरपालिका १ रयाले फलामेकी ५८ बर्षिय कान्छीकुमारी तामाङ्गको यो बर्षा कसरी कटाउ भन्ने चिन्ता दुरभएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा घर भत्किएपछि दुई बर्षा त्रिपालमा विताउनुभएको उहाँलाई समारिटन्स पर्सले नयाँ घर बनाइदिएपछि उहाँको बर्षा कटाउने चिन्ता हटेको हो ।

    दुई बर्ष सम्म त जाँडो, घाम, पानी, हावा सँग रुजदै आए तर आजबाट भने मुतm भएको छु । हर्षित हुदै कान्छीकुमारीले भनिन, अव त आन्नदले बस्न पाइने भयो । नयाँ घरमा बस्न पाएपछि सबै चिन्ता दुरभएको उनले बताइन । बरु खान त दुखजेलो गरेर पनि खाइन्छ तर बाँस पक्की नभइ केही पनि नहुदो रहेछ । उनले भनिन, अव त घर बनाउने चिन्ता पनि हट्यो ।

    त्यस्तै सोही गाँउ की नम्रता तामाङ्ग पनि घर पाएकोमा फुरुङ्ग भएकी छन । घर कसरी बनाउने होला भन्ने चिन्ता लागेको थियो, घर बनाउ भने रकमको पनि अभाव थियो । उनले भनिन्, दुई बर्षदेखीको घर बनाउने सपना पुरा भएको छ । घर नहुदाँ अन्नपात समेत राख्ने ठाँउ थिएन, साँगुरो कोठामा परिवार बस्न अप्ठेरो परेको थियो तर अव त्यो समस्याबाट मुतm भएका छौ । भूकम्पले सबै भन्दा बढी क्षती पु¥याएको फलामेमा तामाङहरुको बसोबास रहेको छ । आर्थिक अवस्था कमजोर भएका गरिव, विपन्न १ सय ४७ परिवारलाई अर्थव्याग प्रविधिको भुकम्पप्रतिरोधि घर बनाएर हस्तान्तरण गरेको छ ।

    ९० प्रतिशत माटोको प्रयोग गरिएको उतm घर रू ५ लाख ५० हजारको लागतमा पक्कि चारकोठे बनेका छन । माटोबाट मात्र बनेका अर्थव्याग प्रविधिका घरहरु भूकम्पप्रतिरोधी, वातावराण अनुकुल रहेका छन । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द्रराज पाखरेलले उतm घरहरु सोमबार एक कार्यक्रमका वीच हस्तान्तरण गरेका थिए । उनले सरकारले छिट्टो भूकम्पपीडितलाई ओतको व्यवस्थापन गर्ने लक्ष्य लिएको बताउँदै बर्षा अगाडी नै पीडितहरुलाई घर बनाएर दिएकोमा संस्थालाई धन्यावाद दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, पनौती नगरपालिका मेयर भीम न्यौपाने, उपमेयर गिता बन्जारा, वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा सचिव शम्भु अधिकारी, प्रहरी प्रमुख सहकुल थापा लगायतको उपस्थिती रहेको थियो ।

    समारिटन्स पर्सले जिल्लाको नमोबुद्ध नगरपालिकको मेथिनकोटमा समेत अर्थव्याग प्रविधिको २५५ परिवारलाई घर निर्माण गरिरहेको उतm संस्थाले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार