२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाल तथा महिला विकास केन्द्रले गदै आएको कामको जानकारी


३३४२ पाठक संख्या

धुलिखेल / जिल्लाका सरोकार निकायहरुसँग बाल तथा महिला विकास केन्द्र काठमाडौले विहीवार बैठक गरेको छ

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २५, आईतबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल / जिल्लाका सरोकार निकायहरुसँग बाल तथा महिला विकास केन्द्र काठमाडौले विहीवार बैठक गरेको छ । जिल्लामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गदै आएको उतm संस्थाले जिल्ला स्वास्थ्य कार्यालयमा सल्लाकारहरुको बैठक राखेको हो ।
    जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन सापकोटा, जिल्ला शिक्षा कार्यालयका साहायक जिल्ला शिक्षा अधिकारी मित्रप्रसाद काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रल्लाद बन्जारा, गैसस महासंघका उपाध्यक्ष टोमप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो । बैठकमा बाल तथा महिला विकास केन्द्रका व्यवस्थापक तुलबहादुर लामाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कार्यकारी निर्देशक चन्द्रा लामाले गरेकी थिइन । बैठकमा एक बर्ष भरी संस्थाले गरेको कामको बारेमा जनाकारी दिइएको थियो ।
    बाल तथा महिला विकास केन्द्रले काभे्र, मकानपुर र रामेछापमा शिक्षा तथा स्वास्थ्यका विषयमा कार्यक्रम गदै आएको छ । जिल्लाको विकट कोशीपारीको चौरीदेउराली २ मा अस्पताल समेत सञ्चालन गदै आएको छ । बाल तथा महिला विकास केन्द्रका व्यवस्थापक तुलबहादुर लामाले काभे्र, मकानपुर र रामेछापका बिद्यालयमा आर्थिक तथा भौतिक सहयोग गदै आएको बताए । हामीले बार्षिक १८७ जना बिद्यार्थीलाई स्टे«शनरी, डे«स र नगद ४४ सयका दरले सहयोग गदै आएका छौ भने स्वास्थ्य क्षेत्रमा पनि सहयोग गदै आएका छौ । उनका अनुसार गरिव, विपन्न र पिछडिएको समुदायलाई लक्षित गरेर सहयोग गदै आएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार