२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जनमतले भानु जयन्ति मनाउने


२८३० पाठक संख्या

बनेपा/ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २५, आईतबार मा प्रकाशित ६ साल अघि
  • बनेपा/ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम  गर्ने भएको छ । बनेपा÷ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम  गर्ने भएको छ ।  संस्कृतमा लेखिएको हिन्दुहरुको महान धार्मिक ग्रन्थ रामायणलाई नेपालीमा अनुवाद गरेर सामान्य नेपालीले पनि रामायण पढ्न र बुझ्न सक्ने बनाएर उनले सबै नेपाली भाषीहरुलाई एकताबद्ध गरेको मानिन्छ । उनै नेपाली साहित्य जगतका आदिकवि भानुभक्त आचार्यको २०४ औ जन्मजयन्तिको अवसर पारेर विशेष साहित्यिक कार्यक्रम गर्न लागेको जानकारी वाटिकाका संयोजक साहित्यकार सूर्यप्रसाद लाकोजूले बताएका छन् । सोही कार्यक्रममा हरिप्रसाद चौलागाइँद्धारा रचित विर्सिएका पाइलाहरु खण्डकाब्य र चिरञ्जिवी माकजुद्धारा लिखित जीवन जन र जगत नामक कविता संग्रहको विमोचन हुने भएको छ । जनमत साहित्य बाटिकाले विगत लामो समयदेखि साहित्यिक संस्थाहरु, स्वदेशी एवं विदेशी साहित्यकारहरुको स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएको छ । आषाढ ३१ गते शनिबार बनेपा नगरपालिकाका शभाकक्षमा सम्पन्न हुने सो कार्यक्रममा नेपाली शिक्षा परिषदलाई आमन्त्रण गरिएको र सोही संस्थाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने कुरा बाटिकाका संरक्षक बरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।त्यसैगरी,

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार