२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बेथाञ्चोकको बजेटको २३ करोड


२५४६ पाठक संख्या

ढुर्खक / बेथाञ्चोक गाउँपालिकाले पहिलो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्क्षय

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १, आईतबार मा प्रकाशित ७ साल अघि
  • ढुर्खक / बेथाञ्चोक गाउँपालिकाले पहिलो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्क्षय सरिता लामिछानेले करिब २३ करोड बराबरको बजेट सार्वजनिक गरेकी छन ।

    चालु खर्च रू १३ करोड ५३ लाख ८८ हजार तथा पूजिँगत खर्च रू ९ करोड १९ लाख ३३ हजार गरी कुल रू २२ करोड ७३ लाख २२ हजार बजेट सार्वजनिक उपाध्यक्षले गरिन । गाँउपालिकाले कुल बजेटको ७० प्रतिशत पूर्वाधार विकासमा, आर्थिक विकासमा १० प्रतिशत, सामाजिक विकासमा १०, वातावरण तथा विपद व्यवस्थापनमा ५ प्रतिशत र संस्थागत विकास, सेवाप्रवाह र सुशासनमा ५ प्रतिशत बजेट सार्वजनिक गरिएको छ । उतm गाउँपालिकाले कृषि, पर्यटन र जडीबुटीको संरक्षण तथा प्रर्वद्धनलाई पहिलो प्राथमिकतामा राख्ने बताइएको छ ।

    अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीतिगत अस्पष्टताका कारण समस्या आएको बताए । स्थानीय विकास मन्त्रालयले समय तोकेर बजेट ल्याउन निर्देशन दिएको भएपनि स्थानीय तहलाई चाहिने आवश्य ऐन कानुन नबन्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भएको उनको भनाइ थियो । कार्यक्रममा पूर्व उद्योगराज्य मन्त्री एवम् कांगे्रस क्षेत्र न ३ का सभापति कञ्चनचन्द्र बादेले स्थानीय तहको ऐनहरु बन्ने क्रममा रहेको जानकारी दिए । स्थानीय निकायलाई दिने नियम, कानुनहरु संसदमा पेश भएको छ, त्यसलाई छिट्टै पास गरेर स्थानीय तहलाई पठाउछौ । उनले नीति तथा कार्यक्रम ल्याउदा यस भेगको प्राथमिकता के हो, त्यसको पहिचान हुने गरि ल्याउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सदस्य महेश पौडेल, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य नारायण तिमल्सिना, नेपाल पत्रकार महासंघका सचिव नगे्रन्द्र अधिकारी, नेपाली कांगे्रसका प्रतिनिधी विनोद तिमल्सिना, एमालेका बेदप्रससाद तिमल्सिना, माअ‍ेवादी केन्द्रका मर्दनसिं तामाङ पेमा, संघ संस्थाको तर्फबाट गणेशबहादुर केसी लगायतले नीति तथा कार्यक्रममा राम्रो भएको भन्दै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार