२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपा बजार सी.सी क्यामेराको निगरानीमा


३०६४ पाठक संख्या

बनेपा / बनेपाको मुख्य बजारमा सी.सी क्यामेरा जडान गरिएको छ । काभे्र उद्योग बाणिज्य संघले

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १, आईतबार मा प्रकाशित ७ साल अघि
  • बनेपा / बनेपाको मुख्य बजारमा सी.सी क्यामेरा जडान गरिएको छ । काभे्र उद्योग बाणिज्य संघले बजारका मुख्य चोकहरुमा सी.सी क्यामेरा जडान गरेको हो ।

    “उज्योलो र सुरक्षित बनेपा” बनाउन सडक बत्ती र सी.सी क्यामेरा जडान गरिएको छ । व्यापारी तथा वित्तिय संघ संस्थाहरुको हवको रुपमा रहेको बनेपालाई सुरक्षित बनाउन सी.सी क्यामेरा जडान गरिएको काभे्र उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले जानकारी दिए । करिब ३७ लाखको लागतमा सडक बत्ती र सी.सी क्यामेरा जडान गरिएको बैद्यले बताए । उनका अनुसार काभे्र क्षेत्र न ३ का सांसद कोषबाट रु ७ लाख, विभिन्न वित्तिय संघ संस्थाबाट रु ६ लाख र काभे्र उद्योग बाणिज्य संघबाट रु २४ लाख लागतमा सम्पन्न भएको थियो ।

    बनेपा बजारका मुख्य चोक चारदोबाटो, तीनदोबाटो, चण्डेश्वरी मन्दिर, तरकारी बजार, इलाका प्रहरी कार्यालय बनेपा लगायत २९ स्थानमा सी.सी क्यामेरा जडान गरिएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवम् कार्यक्रममा संयोजक बसन्तनारायण भोछिभोयाले बताए । त्यस्तै २२५ वटा सोलार सडक बत्ती बजारमा राखिएको भोछिभोयाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको निगारानीमा सी.सी क्यामेरा रहने छ । यसले दैनिक हुने चोरी, डकैती, सडक दुर्घटना, ट्राफिक जाम लगायतलाई सहयोग पुग्ने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सहकुल थापाले बताए ।

    उतm कार्यक्रमको शुक्रबार पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले उद्घाटन गरेका थिए । बादेले सहरको सुरक्षालाई सोलार बत्ती र सी.सी क्यामेराले ठुलो मद्दत पुग्ने अपेक्षा लिएको बताए । उनले यस्ता सामाजिक कार्यले जनस्तरमा परिर्वतन ल्याउने आफुले अपेक्षा लिएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिमखडा, बरिष्ठ प्रहरी उपरिक्षक पुष्पचन्द्र रञ्जित, कार्यक्रम संञ्चालक शान्तीरत्न शाक्य लगायतले मन्तव्य राखेका थिए । काभे्र उद्योग बाणिज्य संघले छिमेकी जिल्लाबाट आउने मुख्य नाकाहरु र जिल्लाका पनौती, पाँचखाल, नमोबुद्ध लगायत बजारहरुमा समेत यो कार्यक्रम गर्ने जनाएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार