२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

इन्द्रेणीले बाँडयो अभिभावकलाई विरुवा


२८५३ पाठक संख्या

पाँचखाल / इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको सक्रियतामा घरघरमा बिरुवा रोपिएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १, आईतबार मा प्रकाशित ७ साल अघि
  • पाँचखाल / इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको सक्रियतामा घरघरमा बिरुवा रोपिएको छ । बालमैत्री विद्यालय अभियान गर्दै अघि बढिरहेका यी दुइ क्लबले यही असार ३० गते शुक्रबार इन्द्रेणी विद्यामन्दिर प्राङ्ग्रणमा घरघरमा बिरुवा रोप्ने अभियानको प्रारम्भ गरिएको छ ।

    क्लवले पहिलो चरणमा एक घरलाई दुइ बिरुवा उपलब्ध गराएको छ । एभोकार्डो, रुद्राक्ष र बुद्धचित्तका विरुवाहरु विद्यालयका अभिभावकहरुलाई लक्षित गरी वितरण गरिएको छ । यसबाट पाँचखाल र मण्डन देउपुर नगरपालिकाका अभिभावकहरु लाभान्वित भएका छन । आगामी चरणमा भने प्रत्येक घरलाई विरुवा वितरण गर्ने लक्ष्य रहेको जानकारी इको क्लब अध्यक्षसदिक्षा न्यौपानेले जानकारी गराइन् । शिक्षालाई जीवनसँग जोडेर लैजान सकेसार्थक र गुणस्तरीय हुने कुरामा विश्वस्त हुँदै इन्द्रेणी विद्या मन्दिर शिक्षण सिकाइको अभियानमा अग्रसर हुँदै आएको छ । वातावरण संरक्षण र आयआर्जनलाई शैक्षणिक कार्य सँगसँगै लैजान सकिने तथ्यलाई मध्यनजर गर्दै बालबालिकाहरुको पहलमा गरिन लागेको यो घरघरमा बिरुवा अभियानलाई अगाडि बढाइएकोे बताईएको छ । वातावरण संरक्षणमा टेवा पु¥याउँने, लाभग्राहीलाई आयआर्जन गर्नगराउँन सहयोग गर्ने, बालबालिकालाई बिरुवा हुर्काउँने र जगेर्ना गर्ने कार्यमा प्रत्यक्ष सहभागी गराउँने, अति विपन्न परिवारलाई बिरुवा वितरण गरी आयमूलक काममा प्रेरित गर्नेजस्ता उद्देश्य अभियानको रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार