२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भानुको सम्झना


२८८१ पाठक संख्या

पनौती∕   सूर्योदय माध्यमिक बोर्डिङ्ग स्कुलले विविध कार्यक्रम गरी २०४ औं भानु जयन्ति मनाएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती∕   सूर्योदय माध्यमिक बोर्डिङ्ग स्कुलले विविध कार्यक्रम गरी २०४ औं भानु जयन्ति मनाएको छ  । नेपाली साहित्य जगतका आदि कवि भानुभक्त आचार्यले बधुशिक्षा, भक्तमाल जस्ता मौलिक कृतिका अतिरिक्त त्तसंस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुबाद गरेर भाषिक रुपमा नेपालीहरुलाई एकीकरण गरेका मानिन्छ । उनै आदिकविको सम्झनामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजले भानुभक्तको जीवनी सबैका लागि प्ररणाको स्रोत भएकोले समाजको सकारात्मक रुपान्तरणाका लागि सबैले उनीबाट प्ररणा लिनुपने बताए । सूर्योदय लिट्रेचर क्लबले आयोजना गरेको सो कार्यक्रममा सहप्रधानाध्यापक सविता श्रेष्ठ, शिक्षिका प्रभा कर्माचार्यलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले भानुभक्तिय छन्दमा कविता वाचन गरेका थिए ।  सोही कार्यक्रममा सूर्योदय लिट्रेचर क्लबको पुनर गठन पनि  गरिएको थियो । पुनरगठिन समितिमा सुमना संजेल संयोजक रहेका छन् भने सदस्यहरुमा सौगात थापा, नविना थापा, आविष्कार थापा, बब्लु जङ्ग थापा, रोमन प्रधान, सुवेश धाँजू, बिपिशा धिताल, बबिता हुमागाई  रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार