२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्मार्ट सिटी बनाउन कयूको छलफल


५११५ पाठक संख्या

धुलिखेल / काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागको आयोजनामा सूचना प्रविधि पार्कमा एक दिने

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल / काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागको आयोजनामा सूचना प्रविधि पार्कमा एक दिने कार्यशाला गोष्ठी गरिएको छ । मंगलबार उक्त कार्यक्रमको काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकाजु श्रेष्ठबाट स्मार्ट पानसमा बत्ती बाली शुभारम्भ गरिएको थियो ।
    उद्घाटन मन्तव्यमा बोल्दै केयूका रजिष्ट्रर प्रा.डा. भोला थापाले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यशालामा बिभिन्न संघ संस्थामा आबद्ध व्यक्तित्वहरुबाट स्मार्ट सिटीकोबारे आफ्नो मन्तव्य राखेका थिए । काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागका विभागीय प्रमुख डा.मनिष पोखरेल तथा नेपाल सरकारका पूर्व सचिव, आर्किटेक्ट किसोर थापाले स्मार्ट सिटीबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो सत्रको समापनमा काठमाण्डौ विश्वविद्यालयका उपकुलपतिबाट स्मार्ट सिटी कार्यान्वयन चुनौती तथा अवसर भएको हुनाले काठमाण्डौ विश्वबिद्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यशालाको दोस्रो सत्र काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पस हातामा सम्पन्न गरिएको थियो । दोस्रो सत्रमा काभ्रे जिल्लाका नगरपालिकाहरु धुलिखेल, बनेपा, पनौती, पाँचखाल, देउपुरमण्डन र नमोबुद्धक तथा ललितपुर महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका र कागेश्वरीमनोहरा नगरपालिका का मेयर तथा उपमेयरहरुको मुख्य सहभागिता रहेको थियो । सो सत्रमा मेयरहरुले आफ्नो नगरको योजना, चुनौती तथा अवसरहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागका प्राध्यापक डा. बालकृष्ण वलले संचालन गरेको सो कार्यशालामा विभिन्न सरोकारवाला व्यक्तिहरुले मेयरहरु संग स्मार्ट सिटीबारे अन्तरक्रिया गरेका थिए । उपस्थित मेयरहरुलाई काठमाडौ विश्व विद्यालयलले कार्यान्वयन गर्ने दिशामा नगर तथा महानगरलाई प्राविधिक सहयोग गर्न तयार रहेको पनि जानकारी दिदै कम्प्युटर विभागबाट स्मार्ट सिटी प्रयोगशालामा कार्यहरु भइरहेको पनि जानकारी गराएको थियो । नगर तथा माहानगरका मेयरहरुले पनि आउदा दिनमा केयूसंग सहकार्य गरि स्मार्ट सिटी आबधारणलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागले दक्षिण कोरीयाको इन्चन नेशनल विश्वविद्यालय संग स्मार्ट सिटीको अनुसन्धान गर्न विभागीय स्तरीय संझौता गरिएको पनि जानकारी गराएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार