२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मतदाता नामावलीमा फोटो खिच्नेको भिड


३३१३ पाठक संख्या

धुलिखेल / जिल्लामा फोटो सहितको नामावली लेखाउन गाउँगाउँबाट मतदाताहरु आउन थालेका छन । जिल्ला निर्वाचन

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल / जिल्लामा फोटो सहितको नामावली लेखाउन गाउँगाउँबाट मतदाताहरु आउन थालेका छन । जिल्ला निर्वाचन कार्यालयले यहि साउन १ देखी १५ गते सम्म मतदाता नामावली संकलन गर्न थालेपछि जिल्ला निर्वाचन कार्यालयमा गाउँगाउँबाट मतदाताहरु सदरमुकाम धुलिखेल आउन थालेका हुन । कार्यालयमा फोटो खिच्ने मतदाताहरु भिड्नै लाग्ने गरेको छ ।
    काभे्रमा मतदाता नामावलीमा फोटो खिच्नेको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला निर्वाचन अधिकृत मधुकरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार साउन १ गतेबाट सुरु भएको अभियानमा १५ सय भन्दा बढीले मतदाता नामावली लेखाएको जानकारी दिए । उनले भने, दैनिक एक सय भन्दा बढी थपिदै गएका छन । अधिकास ग्रामीण भेगबाट फोटो खिच्न आएको छन । केन्द्रिय निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली संकलन गर्न परिपत्र गरि सकेका भएपनि मतदाता भने फोटो खिच्न सदरमुकामा नै आएका छन । हामीले पत्र पाउने विति कै सूचना टाँस गरेका छौ, तर फोटो खिच्न यहाँ नै आइरहेका छन । प्रमुख निर्वाचन अधिकृत पोखरेलले भने ।
    उनका अनुसार साउन १६ देखी ३२ गते सम्म जिल्लाका १३ वटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने बताए । हामीले १३ वटै स्थानीय तहको कार्यालयमा पुगेर मतदाता संकलन गर्ने भएका छौ । उनले प्रदेश र संसदको निर्वाचन नतोकिदा सम्म जिल्ला निर्वाचन कार्यालय निरन्तर रुपमा मतदाता नामावाली संकलन गर्ने प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । जिल्लामा स्थानीय निर्वाचनमा दुई लाख ३० हजार ३९४ ले मतदाता परिचयपत्र बनाएका थिए ।
    फोटो क्यासनः जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा फोटो खिचाउन लाइन बसेका मतदाताहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार