२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शोकमा डुब्यो परिवार, मृत्युको कारण खुल्न सकेनः प्रहरी


२५३६ पाठक संख्या

एकै परिवारका चार मृत फेला बनेपा ÷ बनेपा नगरपालिका ७ बसपार्कमा एकै परिवारका चार जना

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • एकै परिवारका चार मृत फेला

    बनेपा ÷ बनेपा नगरपालिका ७ बसपार्कमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन । करिव ८ बर्षदेखी गौतम होटल संचालन गदै आएका उनीहरु शुक्रबार राती होटल मै मृत अवस्थामा फेला परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय काभे्र प्रहरी उपरिक्षक सहकुल थापाका अनुसार बनेपा नगरपालिका २ टुकुचा घर भइ हाल बनेपा बस्दै आएका बर्ष ६५ का हरिभतm दाहाल, उनकी ६० बर्षिय श्रीमती हरिमाया, ३२ बर्षिय छोरा जयराम र २५ बर्षिय छोरी रञ्जना दाहाल मृत भेटिएको बताए । सटरमा सिसा फुटेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    उतm घटना अनुसन्धान गर्नका लागि सि.आई.वि को टोलि जिल्लामा आएको छ । डिसपी अरुण पौडेलको नेतृत्वमा टोली आएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । हामी के कारणले घट्ना घट्यो भन्ने बिषयमा अन्नुसन्धान मै छौ, एसपी थापाले भने, पोष्टमार्टमको रिपोट आएपछि मात्र जानकारी दिन सक्छौ । प्रहरीले मृत्यु भएको किचन कोठामा सेल्फस नामक विषादीको सीसी फेला परेको जानकारी दिएको छ । पोष्टमार्टमका लागि टिचिङ्ग शिक्षण अस्पताल काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

    फोटो क्याप्सनः भावविहल अवस्थामा मृतका परिवार ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार