२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पत्रकार महासंघको बधाई ‘निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि


२५७० पाठक संख्या

`निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि छौ`- जनप्रतिनिधि बनेपा / जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले निष्पक्ष रुपमा काम

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण ३१, मंगलबार मा प्रकाशित ६ साल अघि
  • `निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि छौ`- जनप्रतिनिधि

    बनेपा / जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले निष्पक्ष रुपमा काम गर्न तयार रहेको बताएका छन । नेपाल पत्रकार महासंघ काभे्र शाखाले विहीबार बनेपामा गरेको बर्धाइ तथा शुभकामना कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले चुनावमा कुनै पार्टीबाट निर्वाचित भएको भएपनि अव निष्पक्ष र साझा भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

    जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जिल्लालाई सुन्दर र समृद्धी बनाउन निष्पक्ष रुपमा काम गर्न आफु तयार रहेको बताए । कुनै एक पार्टीबाट जिते होला तर जिल्लालाई समृद्ध र सुन्दर बनाउन सबैसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको छु । उनले जिल्लाका १३ बटै स्थानीय तहका जनप्रतिनिधिहरुको सल्लाह र सुझाव अनुसार नै काम गर्ने बताउनुभयो । हामीहरु सबैको एउटै मिसन जिल्लालाई समृद्धि बनाउने हो, त्यसका लागि सबैसँग समन्वयत्मक रुपमा अगाडी बढ्ने छौ । अहिले जिल्लाको समस्या भनेको विकास गर्नु नै हो, यसलाई पुरा गर्न निष्पक्ष काम गर्न प्रतिबद्धता जनाउछु ।

    धुलिखे्ल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले पत्रकारहरुले नै जनप्रतिनिधिका राम्रो र नराम्रो कामको जानकारी दिने भएकाले निष्पक्ष जनप्रतिनिधिसँगै संचारजगत पनि हुनुपर्नेमा जोड्दिए । हिजो आन्दोलन सफल शुरु भएको मिसन प्रत्रकारित अझै रहिरहेको छ, यसले राम्रो गर्नेलाई नराम्रो र नराम्रो काम गर्नेलाई राम्रो बनाउन खोजिरहेको छ, यसको अन्त्य पनि आवश्यक भएको छ । उहाँले पत्रकारहरुको काम ऐना जस्तै हुनुपर्ने भन्दै यसका लागि निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे । तपाईहरुको कलमले हामीलाई मार्गदर्शन ग¥योस भने हाम्रो चाहना हो । मण्डनदेउपूर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले पत्रकारहरुका लागि सहयोग गर्न तयारहेको बताए ।

    बेथाञ्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाले निष्पक्ष काम गर्न आफु तयार रहेको बताए । तपाईहरुको कलमले हामीलाई सजग बनाइदिनुहोस् हामी जनताको काम निष्पक्ष गर्न तयार छौ । चौरीदेउराली गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले अहिले पनि पत्रकारहरुमा मिसन पत्रकारिता र व्यवसायिक विच द्धन्द्ध रहेको बताए । यसको अन्त्यसँगै व्यवसायिक पत्रकारिता शुरु हुनुपर्ने बताउँदै समाज परिर्वतनमा पत्रकारहरुको अहम भूमीका रहेको बताए ।

    तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले न्यापालिकाको काम पनि भएकाले संचारकर्मी र स्थानीय निकायका जनप्रतिनिधिहरुका वीच समधुर सम्बन्ध रहनुपर्ने बताइन । हामी निष्पक्ष रुपमै काम गर्न तयरा छौ तर कहिकतै गलत भएमा पत्रकारहरुले खबरदारी गरिदिन आग्रह गदर्छु । धुलिखेल नगरपालिका उपमेयर विमला शर्माले पाँच बर्षको अवधिका न्यायलयका कामलाई प्रभावकारी बनाउन लाग्ने बताइन । नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार र स्थानीय जनप्रतिनिधिहरुको वीचमा समधुर सम्बन्ध कायम गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा महासंघका पुर्व अध्यक्ष भोला थापा, संस्थापक सदस्य विष्णु चौलागाई, उपाध्यक्ष रमेश न्यौपाने, सचिव नगेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार