२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लामाको जन्मदिनमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण


२८७६ पाठक संख्या

भदौ ११ गते, आइतबार – सुरज श्रेष्ठ / धुलिखेल रोशी गाउँपालिकाको प्रमुख डिवी मोक्तानको ४३

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र ११, आईतबार मा प्रकाशित ६ साल अघि
  • भदौ ११ गते, आइतबार – सुरज श्रेष्ठ / धुलिखेल रोशी गाउँपालिकाको प्रमुख डिवी मोक्तानको ४३ औ जन्मदिन उनले रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थी तथा कलाकारहरुसँग मनाएका छन् ।

    जन्मदिनको अवसरमा लामाले रोशी गाउँपालिकाका १२ वटै वडाका विद्यार्थीहरुलाई करिव एक लाख बराबरको स्टेशनरी वितरण गरेका छन् । जिल्ला समन्वय समिति काभे्रका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

    कार्यक्रममा रोशी मा.विका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले भविष्यका देशका कर्णधार विद्यार्थीहरुको शिक्षाका आफ्नो तर्फबाट थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले रोशी गाउँ पालिकाका १२ ओटै वडाका प्रावि तहका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको बताएका छन् । उनले आफू लामो समयदेखि शिक्षा क्षेत्रमा नै क्रियाशिल रहेकोले आफूले शिक्षाक्षेत्रमा अझै केहि योगदान गर्ने उद्देश्यले आफ्नो जन्मदिन विद्यार्थीहरुसँग मनाउँदै विद्यार्थीहरुलाई थोरै भए पनि स्टेशनरी उपलब्ध गराइएको अध्यक्ष लामाले बताए ।

    कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्ग, तिमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, नाङसाल एसोसियसनका कार्यक्रम निर्देशक गुणराज मोक्तान, बेलर इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक पवन थापा, रोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष पुष्पराज उप्रेती, नाट्यकर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, रोशी मा.वि.का प्रअ विन्दुप्रसाद ढङ्गाना लगायत विशिष्ट ब्यक्ति एंव विभिन्न संघ, संस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।

    कार्यक्रममा गायक, खलनायक र हाँस्य कलाकार लगाएतका कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात प्रमुख अतिथि कोमलपूसाद धमला तथा रोशी गाउँपालिका अध्यक्ष डि.बि लामाले रोशी मा.वि.का. प्राङ्गणमा कपुरको विरुवा रोपेर गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार