२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)


४०९० पाठक संख्या

बज्र कुमार राई तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी,

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २६, सोमबार मा प्रकाशित ६ साल अघि
  • बज्र कुमार राई
    तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
    जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु
    स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
    म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु
    मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
    म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु
    बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
    बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु
    रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
    म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु
    त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
    भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु
    भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
    लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु
    कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
    त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु
    बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
    त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार