२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ईश्वर तैँले रचेर फेरि – लक्ष्मी प्रसाद देबकोटा


४०९५ पाठक संख्या

लक्ष्मी प्रसाद देबकोटा ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २६, सोमबार मा प्रकाशित ६ साल अघि
  • लक्ष्मी प्रसाद देबकोटा

    ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
    सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
    त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
    हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार
    ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार
    मुना छातीको जुहार!

    पृथिवीतिर नहेर मुना म पनि आउँछु
    आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
    प्रेमको हीरा छुटेको तल म लिई आउँछु ।
    कसरी खायो आगोले दिदी कमलको शरीर ?
    कसरी खायो निठुरी भई कमलको शरीर ?
    म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ
    खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ
    हे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिन
    म यहाँ अब बस्तिन आमा म यहाँ बस्तिन
    म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन

    हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
    ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती
    स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती

    पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई
    म रुने छैनँ गएर भोलि भेटुँला तिनलाई
    हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार