२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

संगिताको कमिलाको ताती सार्वजनिक (भिडियो सहित)


२६०७ पाठक संख्या

२७ असोज । कुनै सुन्दरी मोडलभन्दा कम छैनन् संगीता रायमाझी । तर, उनी मोडल होइनन्

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन २७, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • २७ असोज । कुनै सुन्दरी मोडलभन्दा कम छैनन् संगीता रायमाझी । तर, उनी मोडल होइनन् । उनी जति सुन्दर छिन्, त्योभन्दा राम्रो गाउँछिन् अर्थात उनी गायिका हुन् । संगीताले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् ।

    केही दिनअघि एमएमएस इन्टरटेनमेन्टको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको यी सुन्दरी गायिकाको ‘कमिलाको ताँती’ बोलको गीत तथा भिडियोले हिजोआज राम्रै चर्चा पाइरहेको छ । गीतमा संगीतासँगै प्रताप दासले फिचरिङ गरेका छन् ।

     

    लेखु सहयात्रीको शब्दरचना र भीम बिसीको संगीत रहेको ‘कमिलाको ताँती’ गीतमा संगीताको गायकी दम्दार छ, जसले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ । दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । रिजिज भएको धेरै भएको छैन ।

     

    संगीता र प्रतापको ‘कमिलाको ताँती’ गीतलाई बुद्व सायमीले एरेञ्ज गरेका हुन् । सायमीको संगीत एरेञ्जमेन्ट संगीताको स्वर सुहाउँदो छ । यस गीतको भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले निर्माण गरेको हो । जसमा कोरियोग्राफी मनिष थापाले गरेका छन् । भिडियोमा रोजिना ठकुरी, शिवदास गुरुङ, मानब थिङ, राजु लामा र सुवोध क्षेत्रीले अभिनय गरेका छन् । आफ्नो गीतको यस भिडियोमा धेरै कलाकारलाई अभिनय गराउनुको कारण खुल्दै संगीताले भनिन्, ‘कमिलाको ताँती’ बोलको गीत भएकाले कलाकार पनि धेरै राखिएको हो ।’

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार