२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल प्रतियोगिताको उपाधि धुलिखेल वडा नं ७ लाई


३२४९ पाठक संख्या

  काभ्रे ३१, असोज / काभ्रेको धुलिखेलमा भएको धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन ३१, मंगलबार मा प्रकाशित ६ साल अघि
  •   काभ्रे ३१, असोज / काभ्रेको धुलिखेलमा भएको धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल प्रतियोगिताको उपाधि धुलिखेल वडा नं ७ ले जितेको छ ।

    धुलिखेल नगरपालिकाको सहयोगमा न्यू गौखुरेश्वर युवा क्लबको आयोजनामा अड्डा बजार खेल मैदानमा भएको फाईनल खेलमा धुलिखेल वडा नं ७ ले वडा नं ४ लाई २५–१५, २५–१९, २५–१६ को सोझो सेटमा हराउँदै विजेता बनेको हो । असोज २७ गते बाट सुरु भई ३० गते सम्म चलेको प्रतियोगिताको तेस्रो स्थान भने धुलिखेल वडा ९ ले वडा नं १० हराउँदै जितेको छ । प्रतियोगितामा वडा नं ७ बाट बेस्ट प्लेयर अशोक तुुसुजु, बेस्ट सेटर कृष्ण राम देवजु, बेष्ट सटर शुशिल कुमार मान्नधर, बेस्ट लिब्रो राम तुसुजु ले पाएका छन् भने, वडा नं ४ का रोहन तुुसुजुले बेस्ट ब्लकरको उपाधि पाएका छन् ।

    प्रतियोगितमा विजेता हुने टिमलाई धुलिखेल नगर प्रमुख असोक कुमार व्याञ्जु, उप प्रमुख बिमला शर्मा, धुलिखेल नगरका मेयरका प्रत्यासि उम्मेद्वार तथा काभ्रे क्षेत्र नं २ नेपालि काग्रेसका सभापति रहेश हुमागाई, धुलिखेल वडा नं ४ का वडा अध्यक्ष रबिन्द्र कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रोमि प्रसाद व्याञ्जु, वडा नं ८ का वडा अध्यक्ष निराज जंगम ले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुने वडा नं ७ लाई शिल्ड, मेडल, नगद रु १० हजार प्रदान गरिएको छ भने, द्धितिय स्थान हाँसिल गर्ने वडा नं ४ लाई शिल्ड, मेडल सहित नगद रु ७ हजर ५ सय र तृतिय स्थान हाँसि गर्न सफल वडा नं ९ लाई शिल्ड, मेड सहित नगद रु ५ हजार ५ सय प्रदान गरिएको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताको संयोजक सौरव देवजुले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यबाद दिनुहुँदै न्यु गौखुरेश्वर युवा क्लबका अध्याक्ष अध्यक्ष सुन्दर लाल श्रेष्ठले नयाँ तिहार पछि जिल्ला भलिबल प्रतियोतिाको आयोजना गर्ने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार