२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पाँचखालमा युवाले नचाए कलाकारलाई


२३५७ पाठक संख्या

  पाँचखाल /शुभ दिपावलीको अवसरमा तिनपिप्ले युवा क्लबले बृहत साँस्कृतिक, तथा शुभकामना आदान प्रदान कार्यक्रम

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक ७, मंगलबार मा प्रकाशित ६ साल अघि
  •  

    पाँचखाल /शुभ दिपावलीको अवसरमा तिनपिप्ले युवा क्लबले बृहत साँस्कृतिक, तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि नि—बर्तमान सांमसद विदुर सापकोटाले नेपाल र नेपालीको हितको लागि कम्युनिष्ट गठबन्धन भएको वताउनु भएको थियो । उहाँले थप्नुभयो धेरै प्रयासपछि भएको कम्यूनिष्ट गठबन्धनको कारण आगामि निर्वाचनमा बहुमत हासिल गर्ने प्रमुख अतिथि सापकोटाको तर्क थियो । विगतमा एमालेको वहुमतको सरकार नभएपनि पाँचखाल र आसपासको क्षेत्रमा धेरै बिकास निर्माणको कार्यमा आफुले साथ सहयोग गरेको बताउंदै आगामि दिनमा समेत जनताको हितको खातिर निरन्तर लागि रहने बताउनु भएको थियो । तिनपिप्ले युवा क्लवले राम्रो कार्य गरेकोले आफुले विगतबाटै युवाहरुलाई साथ सहयोग गरेको वताउदै निरन्तर राम्रो कार्य गर्नेलाई सघाई रहने प्रमुख अतिथि सापकोटाको भनाई थियो ।
    कार्यक्रमका प्रमुख अतिथि सापकोटाले बृद्ध÷बृद्धाहरुको संरक्षण गर्ने कार्य एमालेको भएको वताउनु भएको थियो । उहाँले थप्नुभयो एमालेकै पहलमा बृद्ध भत्ताको व्यवस्था गरेको वताउंदै नेकपा एमालेलाई ५ बर्ष सत्ता चलाउन दिएमा मुलुकमा आमुल परिवर्तन गर्ने बताउनु भएको थियो ।
    युवा क्लबका अध्यक्ष सरोज धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उपाध्यक्ष मञ्जु गौतम, सल्लाहकार कल्याण ढुंगाना, प्रविण श्रेष्ठ, प्रहरी चौकी पाँचखालका प्रमुख, कलाकार वविता बानियाँ, हरि कर्माचार्य,भोजराज काफ्ले, लगाएतको उपस्थिति रहेको थियो । क्लबका सदस्य दिपक श्रेष्ठले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रमको संञ्चालन क्लबका सल्लाहकार भोजराज पन्तले गर्नु भएको थियो । तिनपिप्ले युवाक्लवको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमबाट हिन्दुहरुको संस्कृतिको संम्रक्षणको साथै भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार