२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मृगौला पिडीत धितालको सहयोगार्थ कार्यक्रम


२७१० पाठक संख्या

पात्लेखेत/नमोबुद्ध मिडिया प्रा.लि.द्वारा संचालित सबैको समाचार डट कम र धुलिखेल नगरपालिका वडा नं. ११ को

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक ७, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पात्लेखेत/नमोबुद्ध मिडिया प्रा.लि.द्वारा संचालित सबैको समाचार डट कम र धुलिखेल नगरपालिका वडा नं. ११ को संयुक्त आयोजनामा धुलिखेल–११ निवासी दुबै मृगौला खराब भएर उपचाररत पुस्कर धितालको सहयोगार्थ तिहार, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

    नमोबुद्ध मिडिया प्रा.लि. द्वारा संचालित सबैको समाचारडट कमको समेत समुद्घाटन समेत गरिएको कार्यक्रमको उद्घाटन गर्दै उद्योग राज्यमन्त्री रेशम लामाले देशलाई अस्थिरताबाट मुक्त गर्न र देशमा नागरिकहरुमा अमन चयन कायम गराउन सबै दलहरु एक हुनुको विकल्प नरहेको बताए । उनले नेपालमा बहुसंख्यक नेपाली सनातन हिन्दु धर्मावलम्बी भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए । नभए हिन्दु राष्ट्रको पक्षमा आम नेपालीहरु छन् कि छैनन् जनमत संग्रह गरिनुपर्ने उनले धारणा राखेका थिए ।

    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव राजेन्द्र के.सी., नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश हुमागाई, नेकपा एमाले का केशब बडाल, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द लगायतको आतिथ्यता रहेको थियो ।

    सोहि अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, सरस्वति सापकोटा, रामहरि न्यौपाने, मदन विष्ट, सावित्री राना मगर, रविन्सन श्रेष्ठ, भगवान खत्री, सन्तोष ताम्राकार, गणेश के.सी., शर्मिला दाहाल, सुरेन्द्र श्रेष्ठ, मन्दिरा के.सी. विक्रम गौतम लगायतका कलाकारहरुले आकर्षक प्रस्तुति दिएका थिए ।

    धुलिखेल वडा नं. ११ का वडाध्यक्ष विष्णु काभ्रेलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रु १ लाख २१ हजार २ सय ५१ संकलन गरिएको नमोबुद्ध मिडियाका पुजन धितालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार