२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बालबालिकाहरुको एक योजना तर्जुमा उप समितिले घरघरमा


३२२८ पाठक संख्या

बिरुवा अभियान सञ्चालनको योजना बनायौँ, इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको संयुक्त बैठक गरी

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक ९, बिहिबार मा प्रकाशित ६ साल अघि
  • बिरुवा अभियान सञ्चालनको योजना बनायौँ, इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको संयुक्त बैठक गरी तयार पारिएको योजना समेत प्रारित गरेको न्यौपानेले बताईन् । उनले योजना पारित भएपछि कार्यान्वयन गर्ने बारे व्यवस्थापन र शिक्षक कर्मचारीसँग तयारी बैठक समेत बसेपछि सो कार्यक्रम तयार भएको हो । त्यसपछि लाभग्राहीसँग लिखित सम्झौता समेत गरिसकेकै भएर यसरी कार्यक्रमको तयारी भएको हो । उनले भनिन्, –दुइ सयभन्दा बढी बिरुवा यो चरणमा वितरण गरिएको छ । विद्यार्थी, क्लब पदाधिकारी र विद्यालय प्रतिनिधिको निगरानीमा बिरुवाको उचित रेखदेखको अनुगमन गर्ने र टिपोट गर्ने व्यवस्था मिलाइएको छ । विद्यालयका प्रिन्सिपल राममणि सापकोटा भन्छन्, ‘यो बालबालिकाबाट प्रौढले सिक्ने अवसर पनि हो भने यसमा बालबालिकाको प्रत्यक्ष सहभागिता हुन्छ । हामीले प्रोजेक्ट वर्कमा आधारित भएर काम गर्ने गराउँने व्यवस्था पनि मिलाएका छौं ।’ २०७३ कार्तिक १४ र १५ गते देउसीभैलो खेली कोष खडा गरेर यस अवधारणाको जन्म भएको समेत उनले बताए । देउसीभैलोमा सर्वाधिक रकम दान गर्ने दुइ जना दातालाई विरुवा प्रदान गरी सम्मान गर्ने गरिएको थियो । आर्थिक रुपमा अति विपन्न परिवारमध्ये ५ जनालाई विरुवा सहयोग गर्ने योजना पनि बालबालिकाहरुले सुनाए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार