२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संयुक्त वडाभेलामा अगुवा कार्यकर्ता


२८१८ पाठक संख्या

पनौती-आसन्न निर्वाचनलाई मध्य नजर राख्दै बामपन्थि गठबन्धनसंग सहकार्यमा रहेका एमाले माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक २८, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पनौती-आसन्न निर्वाचनलाई मध्य नजर राख्दै बामपन्थि गठबन्धनसंग सहकार्यमा रहेका एमाले माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

    सधैभरि बामपन्थिकै पोष्टमा रहेने पनौती नगरपालिका वडा नं ४ बामगठबन्धन पछि अझै सशक्त भएको छ । बुधबार भएको अगुवा कार्यकर्ता भेलाले ६१ सदश्यीय चुनाव प्रचार समिति गठन गरेको छ । केन्द्रिय शर्कुलर बमोजिम गठित समितिमा संयोजक ईश्वर बञ्जारा र उप संयोजक नरेन्द्र बस्नेत रहेका छन् ।

    उक्त भेलालाई पनौती नगरपालिका का उप—प्रमुख एवं नेकपा एमाले काभे्र जिल्ला सदस्य गिता बञ्जारा निर्धक्कसंग मतदाता माझ जान निर्देशन दिदै स्थानिय निर्वाचनमा खसेको मतको संम्रक्षण गर्न आग्रह गर्नु भयो । मतदाता माझमा छरिएको भ्रम चिर्नु कार्यकर्ताको दायित्व रहेको वताउनु भयो । सो भेलालाई एमाले जिल्ला सचिबालय सदस्य शान्ता न्यौपाने, विशेस्वर बञ्जारा, माओवादी केन्द्र पनौतीका ईञ्चार्ज पुर्ण कुमार श्रेष्ठ, एमालेका दिपक दाहाल, ईश्वर बञ्जारा लगाएतले भेलालाई सम्बोधन गरेका थिए ।

    यसैगरी अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को समेत संयुक्त भेला सम्पन्न भएको छ । भेलाले निर्वाचन परिचालनका लागि शशक्त रूपमा लागि पर्ने र अभियानमा संयुक्त रुमा लाग्ने समेत निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार