२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुषको दोस्रो सातामा बामपन्थीको सरकार : बमध्वज


२६५० पाठक संख्या

ठुलोपर्सेल- काभे्र क्षेत्र नं १ बाट प्रतीनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका बमध्वज तामाङले

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • ठुलोपर्सेल- काभे्र क्षेत्र नं १ बाट प्रतीनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका बमध्वज तामाङले भन्नुभयो “कम्युनिष्टहरुले जनताको घरदैलोमा बास माग्न आएकोे छ” । “नेपाली जनताले मंसिर २१ गते कोठामा नभई हृदयमा बास दिएर हामीलाई जनताको अधुरो सपना पुर्ण गर्न पठाउनु हुनेछ” ।
    सोमबार ठुलोपर्सेलमा भएको चुनाविसभामा सम्बोधन गर्दै तामाङले थप्नुभयो विगतमा कोठामा बास मागेर अधिकारको लागि लडेउ अवको वास कोठामा नभएर नेपाली जनताको हृदयमा रहेर समृद्धिको लागि लड्छौं । लामो समयदेखिको नेपालि जनताको चाहना पुर्ण गर्नको लागि हामी कम्युनिष्टहरु एक हुदै मुलुकको सवै भन्दा ठुलो पाटि बनेर आएको बताउनु भएको थियो ।
    जनताको चाहनाअनुसार नेकपा एमाले र माओवादि बिच एकतागरी अगाडि बढेको बताउंदै पुषको दोस्रो हप्तामा बन्ने बामपन्थिको दुई तिहाईको सरकारले मुलुकमा रहेको सम्पुर्ण समस्या दुर गर्ने बताउनु भयो । कम्युनिष्टहरुको एकताको कारण नेपालि कांगे्रस अत्तालिएको बताउंदै जनतासमक्ष मुलुकमा कम्युनिष्ट सरकार आयो भने अनिष्ट हुन्छ भन्दै अनर्गल हल्ला गररिहेको वताउनु भयो ।
    कम्युनिष्टको एकता साथै दुई तिहाईको सरकारले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताको अधुरो कार्यहरु पुर्ण गराउने बमध्वजको तर्क थियो । नेपालि काँगे्रसले बिगतमा मुलुकलाई खोक्रो वनाउदै जनताको रगत पसिना चुसि सकेको वताउदै कागे्रसले जति चुस्नु चुसिसकेकोले अव नेपाली काँगे्रसलाइ नेपालि जनताले म्युजिममा राख्ने वातावरण मिलाई सकेको बताउनु भयो । जनतालाई पैसाको मुठो दोएर विगतमा जस्तै निर्वाचन जित्ने सुरसार कसेर आएका नेपालि कांगे्रस जनताले उनिहरुप्रति देखाएको व्यवहारले गर्दा हार खादै भाग्न थालेको वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार