२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेशको राजधानी धुलिखेलमा बनाउंछौं : आचार्य


२७६४ पाठक संख्या

धुलिखेल- काभे्र क्षेत्र नं २ बाट प्रतीनिधिसभामा नेपाली कांगे्रस तर्फका उम्मेदवार मधुप्रसाद आचार्यले प्रदेश नं

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल- काभे्र क्षेत्र नं २ बाट प्रतीनिधिसभामा नेपाली कांगे्रस तर्फका उम्मेदवार मधुप्रसाद आचार्यले प्रदेश नं तीनको राजधानी काभे्रको धुलिखेलमा वनाउने बताउनु भयो ।
    शनिवार धुलिखेल नगर समितिको आयोजनामा भएको चुनाविसभामा सम्बोधन गर्दै आचार्यले थप्नुभयो काभे्रको सदरमुकाम रहेको धुलिखेलको विकल्पमा प्रदेशको राजधानि हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
    धेरैले राजधानि काभे्रमा बनाउने मन्तव्य दिई रंहदा जिल्ला वासिलाई स्थानको बिषयमा कौतुहल भएको हुन सक्ने भन्दै आचार्यले भन्नुभयो प्राबिधिक कारणले स्थानको बारेमा नखोलेपनि जिल्लाको सदरमुकाम रहेको स्थानलाई छोडेर अन्यत्र राजधानि बनाउनै नसक्ने बताउनु भएको थियो । राजधानिको लागि धेरै कुरा आवस्यक पर्छ ति सवै प्रकारको आवस्यकता पुरा गर्ने क्षमता धुलिखेलसंग रहेकोले पनि राजधानिको लागि धुलिखेलनै उपयुक्त भएको उहाँको तर्क थियो ।
    राजधानिको लागि आवस्यक पुर्वाधार लगाएतको अन्य आवस्यक बिषयहरु धुलिखेलले उपलब्ध गराउन नसकेमा विकल्पको रुपमा वनेपा नगरपालिका हुन सक्ने उहाँको तर्क थियो । बनेपाले पनि आवस्यक पुर्वाधार लगायतको व्यवस्थामिलाउन नसके पाँचखाल नगरपालिका वा नमोबुद्ध नगरपालिकामा राजधानी बनाउन पहल गर्ने बताउनु भएको थियो । हामीले राजधानी धुलिखेलमा बनाउनु पर्छ भनिरहंदा एकथरिलाई पेट पोेको हुन सक्छ तर कसैलाई पेट पोल्छरे भन्दैमा वास्तविक कुरा बताउन पछि नपर्ने आचार्यको तर्क थियो ।
    धुलिखेलमा राजधानि बनाउने बिषयमा कुरा गरी रहंदा आफ्नै राजनैतिक सहयात्रीहरुलाई १०४ ज्वरो आएको महसुस गरेको छु । वास्तबिक कार्य गर्न खोज्दा उनीहरुलाई ज्वरो आएको देख्दा विचराहरुलाई सहानु भुति दिन मन लाग्ने उहाँको तर्क थियो । कार्यक्रममा आचार्यले नेपाल र नेपालिको हितको लागि कार्य गर्नेमा नेपालि काागे्रस बाहेक अरु कुनै दल नभएको नेपाली जनताले बुझिसकेकोले प्रतीनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमत हासिल गर्नेमा कुनै शंङ्का नरहेको उहाँको भनाई थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार