२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मंसिर २१ मा जनमत संग्रह हुँदैछ : आचार्य


२४५७ पाठक संख्या

पाँचखाल- काभे्र क्षेत्र नं २ (क) का प्रदेशसभा उम्मेदवार शुन्दर मणि आचार्यले आगामी मंसिर २१

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल- काभे्र क्षेत्र नं २ (क) का प्रदेशसभा उम्मेदवार शुन्दर मणि आचार्यले आगामी मंसिर २१ गते हुने निर्वाचन लोकतन्त्र मान्नेहरु र एक दलिय शाषण चाहनेहरु विचको जनमत संग्रहको रुपमा हुने बताउनु भएको छ ।
    निर्वाचन प्रचार प्रसारको क्रममा पाँचखालको तिनपिप्लेमा भएको कोणसभालाई सम्बोधन गर्दै आचार्यले थप्नुभयो जनताको समस्या समाधान गर्न राजनैतिक शक्ति चाहिन्छ सो शक्ति नेपाली काागे्रसंग मात्र भएकोले जनताको सम्पुर्ण समस्या नेपाली कांगे्रस बाहेक अरुले नसक्ने बताउनु भयो । नेपाली कांगे्रसको प्रमुख अभियान भनेको विकास हो, काभे्र क्षेत्र नं २ (क) को बिकास गर्ने जिम्मा पार्टीले मलाई दिएकोले पार्टीले दिएको जिम्मेवारी पुर्ण गर्नको लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो ।
    नेपाली कांगे्रसले बिगतमा गरेको कार्यलाई जनताले राम्रोसंग मुल्यांकन गरेको बताउंदै आचार्यले भन्नुभयो पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँगे्रस दोस्रो स्थानमा परेकोले संविधान बन्न नसकेको वताउनु भयो । उहाँले थप्नुभयो दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँगे्रस पहिलो पार्टी भएकोले नेपाली जनताले संविधान पाएको बताउनु भएको थियो । कृषकको हितको लागि पहिलो प्राथमिकता दिदै कृषिसडक, सिंचाई, मल तथा विउबिजनको उचित व्यवस्था गर्ने कार्यको साथै भूकम्प पिडितहरुको समस्या समाधान गर्ने कार्यको लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार