२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

साम्यबाद होईन विकासबादको लागि कांगे्रस : महेश


२७७४ पाठक संख्या

पाँचखाल- पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले मुलुकमा साम्यवाद होईन जनताको चाहाना अनुसारको विकासबादको साथमा अगाडि

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल- पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले मुलुकमा साम्यवाद होईन जनताको चाहाना अनुसारको विकासबादको साथमा अगाडि बढ्नु पर्ने बताउनु भएको छ । २१ औं शताब्दिको जनताको चाहना विकास वाद भएकोले नेपाली कांगे्रस विकासबादको लागि अगाडि बढेको बताउनु भयो ।
    नेपाली कांगे्रसको चुनावी अभियानको क्रममा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर खरेलले थप्नुभयो आगामी दिनमा नेपाली कांगे्रसबाहेकका अन्य दलमा कार्यकर्ता हुदैनन्, उनीहरुको कार्यकर्ताको चाहना विकासबाद भएकोले सवै नेपाली कांगे्रसमा आईसकेको वताउनु भयो । नेपाली जनताको चाहना कांगे्रसले मात्र पुर्ण गर्न सक्ने भएकोले मंसिर २१ पछि मुलुक कांगे्रसमय हुने ठोकुवा गर्नु भयो ।
    आफु नेपाली कांगे्रसको ट्यागबाट पाँचखाल नगरको मेयरमा विजय भएपछि पाँचखालको हितको लागि कार्य गर्दे आएको बताउंदै पहिलो प्राथमिकता मानव स्वास्थ्य रहेकोले प्रदुषण मुक्त पाँचखाल अभियानको क्रममा पाँचखालमा रहेको इट्टाभट्टा बन्द गर्ने नीति लिएको बताउनु भयो । अन्य पार्टीले नेपाली कांगे्रसमा लामबद्ध हुनेहरुलाई पैसाको बिकाउको भरमा भएको झुटको खेति गरेको बताउंदै त्यस्तो झुटको खेति धेरै दिन नचल्ने वताउनु भयो । निर्वाचनमा आत्मा दान गर्नु पर्ने भएकोले त्यस्तो महत्वपुर्ण दानकोलागि विगत बर्तमान र भस्यिलाई मध्य नजर राख्दै सोचेर दान गर्नुपर्ने बताउनु भएको थियो ।
    कार्यक्रममा नेपाली काँगे्रसका नवप्रवेसि हरी दुलालले कम्युनिष्टको काम भनेको जनतालाई ढाँट्ने मात्र भएको बताउनु भयो । भाषण मात्र गर्ने तर कार्य कुनै नगर्ने भएकोले काम गर्ने पार्टी नेपाली काँगे्रसमा प्रवेश गरेको बताउनु भयो । पाँचखाल नगरमा रहेको कर्णालिको विकासको लागि नेपाली कांगे्रस बाहेकका दलले नसक्ने ठोकुवा गर्दै नगरमा आउने वजेट विनियोजनमा त्यस्ता स्थानलाई प्राथमिकता दिने बताउनु भयो । आफुले कांगे्रसमा प्रवेश गर्नु अगाडि राजनैतिक हैसियतकोलागि वार्ता गरेको बिषयलाई पैसाको लागि वार्ता गरेको भन्ने हल्ला चलाउनेलाई धिक्कारदै आफु नेपाली कांगे्रसमा पैसाको लागि नभई जनताको हितको लागि बिकास निर्माणको कार्यको गर्न प्रवेश गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार