२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँगे्रसले जितेपछि भ्रष्टाचार मौलाउँछ : बास्कोटा


३१७५ पाठक संख्या

बनेपा- बाम गठबन्धनको तर्फबाट काभे्र २ मा प्रतिनीधिसभाको उम्मेदवारी दिनु भएका गोकुल बास्कोटाले नेपाली कांगे्रसको

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- बाम गठबन्धनको तर्फबाट काभे्र २ मा प्रतिनीधिसभाको उम्मेदवारी दिनु भएका गोकुल बास्कोटाले नेपाली कांगे्रसको राजनीतिक आयु सकिएको बताउनु भयो । शनिबार बनेपा नगररपालिका ३ नालामा भएको सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले थप्नुभयो नेपाली कांगे्रसले पटक पटक गरी २२ बर्ष सम्म सरकार चलाउंदा जनताको चाहना अनुसारको कार्य गर्नुको बदला मुलुकमा भएको सम्पुर्ण उद्योहरु झ्वाम पारेर लाखौं खाल युवाहरुलाई बेरोजगारी पारेको बताउनु भयो । मुलुकमा भएको छाला जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग लगाएतका १८ ठुला उद्योगहरुमा कांगे्रसी सरकारले गिद्धे नजर लगाउंदै सखाप पारेपछि आज लाखौं नेपाली युवाहरु खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको बताउनु भयो । मुलुकमा हाल दुई ठुला उद्योगहरु मात्र बाँकि छ, अव पनि कांगे्रसले सरकार बनाएमा बाँकि बचेको उद्योगपनि बेचेर खान्छन बास्कोटाको भनाई थियो ।
    विगतको निर्वाचनमा बापन्थिहरु बिच कटाक्ष भई बर्ग सत्रुको कारण निर्वाचन हारेको वताउंदै मंसिर २१ मा हुने निर्वाचनको लागि नेपाली जनताको चाहना अनुसार बाम गठबन्धन एक भएर अगाडि बढेकोले अव कांगे्रसको पालो सकिएको ठोकुवा गर्नुभयो । लामो समयसम्म कांगे्रसले गरेको कार्य प्रति नेपाली जनता वाक्क भएकोले वाम गठबन्धनको सरकार जनताले चाहेकोले जनताको चाहना अनुसारको कार्य गर्न वाम गठबन्धन अगाडि बढेको बताउनु भयो ।
    नेपाली कांगे्रस धेरै पुरानो (थोत्रो) भएकोले नयाँ ढंगको बिकास गर्न नसक्ने ठोकुवा गर्दै नयाँ विकासको कार्यको लागि कम्युनिष्टको सरकार आवस्यक हुने वास्कोटाको तर्क थियो । मुलुकको अवस्थालाई मध्यनजर राख्दै कागे्रसि युवाहरुले पनि बाम गठबन्धनलाई साथ दिन अनुरोध गर्दै नेपाली जनताले लामो समय पछि स्वाद फेर्ने वताउनु भयो । नेपाली कांगेसले समाजवादलाई विर्सिएर गाउंमा भोट माग्न जाँदा खसि डोहो¥याएर हिड्दापनि भोज खाईदिने मानिस समेत नहुदा समस्या आएको बताउनु भयो ।
    काभे्रको कोशिदेखामा चुनावि सभा गर्ने तयारीका साथ दुइओटा खसि लिएर गएका कागे्रसका नेताहरुले काटेको एउटा खसि खाने समेत कार्यकर्ता नहुदा उनीहरुमा ठुलो खैला बैला मच्चिएको वास्कोटाको भनाई थियो । एउटा खसिको मासु समेत खाई नसकेपछि बचेको मासु सुकुटी बनाउनु परेको बताउनु भयो । हरेक कुराको आयु हुन्छ यतिखेर कांगे्रसको आयु सकिएको छ यस्तो आयु सकिएको बेलामा कांगे्रको चुरीफुरी बेकार भएको उहाँको तर्क छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार