२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

राजमार्गमा ट्रिपरबाट पानी तुरुरु


२७७८ पाठक संख्या

धुलिखेल-काभे्रमा रहेको दुई राजमार्गमा टिपर आतंङ्क मात्र नभई मालवाहक ट्रिपरले पनी चुहाउंदै सडकमा निर्माण सामागृ

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल-काभे्रमा रहेको दुई राजमार्गमा टिपर आतंङ्क मात्र नभई मालवाहक ट्रिपरले पनी चुहाउंदै सडकमा निर्माण सामागृ ढुवानी गर्दा सडकको अवस्था नाजुक बन्दै गएको छ ।
    ट्रिपरकै कारण विपि राजमार्ग, अरनिको साथै अन्य शाखा राजमार्ग, कृषि सडक र ग्रामिण सडक समेत ध्वस्त भैसकेको छ । सडक ध्वस्त हुनाको साथै कच्चा र सवारी चालक अनुमति पत्र नभएका सवारी चालक र राजमार्गमै सहचालकलाई सिकाउने साथै सवारी सञ्चालनको वारेमा पुर्ण ज्ञान नहुदा समस्या आएको हो ।
    सडकमा तिब्र गतीमा सवारी हाक्ने कार्यले गर्दा र कम दक्षता भएका चालकको कारण दिनपर दिन दुर्घटना बढ्दो अवस्थामा रहेको छ । सम्बन्धित निकायको कम चासोका कारण ट्रिपर आतंङ्क मच्चिदै गएको छ । नियमित चेक जाँच नगर्दा दुर्घटना बढ्दो छ ।
    लामो समय पछि अधुरो निर्माण कार्य भएको अरनिको राजमार्ग खण्डको ३१ किलो देखि ४० किलोमिटर (तिनपिप्ल) सम्म हालै मात्र कालो पत्रे गरेको अवस्था छ । भर्खर कालो पत्रे सकेको उक्त सडकमा पानी तुरुरु चुहाउंदै ट्रिपर संञ्चालन हुदा उक्त कालो पत्रे कति दिन टिक्ला स्थानियहरु चिन्तित रहेका छन् ।
    स्थानियहरुका अनुसार लामो समयको पर्खाई पछि बल्ल निर्माण भएको राजमार्ग ट्रिपरको कारण छिटै ध्वस्त हुने भयो । सम्बन्धित निकाय ट्रिपर व्यवसाईहरुको ईसारामा चल्ने र उनीहरुको गल्तीलाई आम माफि दिने कार्यले गर्दा थप समस्या बढेको हो । राजमार्गमा नियमित ढंगबाट चेक जाँच हुदैन यदि आक्कल झुक्कल भैहालेमा ट्रिपरलाई कुनै सजेसन समेत नदिदा समस्या बढ्दै गएको स्थानियहरुको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार