२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मतदाता शिक्षा प्रभावकारी नहुदा समस्या


२३११ पाठक संख्या

बनेपा- प्रतिनीधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आईतबार ३२ जिल्लामा सम्पन्न भयो । २१ गते

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- प्रतिनीधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आईतबार ३२ जिल्लामा सम्पन्न भयो । २१ गते दोस्रो चरणको निर्वाचन हुदैछ, पहिलो चरणको निर्वाचनमा सहभागि मतदाताहरुले मत हाल्ने तरीका राम्रोसंग थाहा नहुदा अलमलमा परेको धेरै दृश्यहरु देखिन्थे । मतदाताहरुलाई शिक्षाको अभावको कारण धेरै मत बदर हुने प्रवल संम्भावना रहेको छ ।
    निर्वाचन कार्यालयले मतदाता शिक्षाको लागि ठुलो परिणामको वजेट व्यवस्था गरेपनि प्रभावकारी ढंगबाट कार्य नहुदा समस्या परेको हो । कागजी आधारमा मतदाता शिक्षा भने राम्रोसंग भएको छ तर व्यवहारमा भने यदा कदा बाहेक प्रभावकारी हुन सकेको अवस्था छैन । कतिपय स्थानमा त मतदाता शिक्षाको लागि खटिएकाहरुले दलको प्रचार गर्ने गरेको जन गुनासो आएको छ ।
    जिम्मेवारी लिएका पक्षले जिम्मेवारी पुर्ण नगर्दा निर्वाचनमा ठुलो परिणाममा मत बदर हुने सुनिष्चित रहेको छ । दलहरु पनि चुनावी प्रचार प्रशारमा मात्र केन्द्रित रहेका छन्, मतदातालाई मतदान शिक्षा दिएको अवस्था छैन । स्थानिय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुंदा ठुलो परिणामको मत बदर भएको थियो । त्यसैलाई आधार मान्दै प्रतीनिधिसभा र प्रदेसशभाको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी ढंगले अगाडि बढाउने निर्वाचन कार्यालयले वताएपनि भनाई र गराईमा ठुलो अन्तर आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार