२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

प्रहरीले उम्मेदवारलाई मजबुत सुरक्षा, भोकै होस तर जिम्मेवारी पुरा गछौं : प्रहरी


१९९७ पाठक संख्या

धुलिखेल- प्रतीनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकदै जाँदा प्रहरीले उम्मेदवारहरुको लागि मजबुत ढंगवाट सुरक्षा दिदै आएको

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल- प्रतीनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकदै जाँदा प्रहरीले उम्मेदवारहरुको लागि मजबुत ढंगवाट सुरक्षा दिदै आएको छ । मुलुकको बिभिन्न स्थानमा गैर कानुनी ढंगबाट उम्मेदवारलाई लक्षीत गरी बिभिन्न प्रकारको आक्रमण भएकोले काभे्रमा कुनैपनि घटना हुन नदिने उद्देस्यले प्रहरीले सकृयता देखाएको हो ।
    दलहरुले निर्वाचन प्रचार प्रशारको लागि गाउंगाउंमा आ—आफ्नो ढंगबाट अभियान सञ्चालन गर्दा प्रहरीले राम्रो ढंगबाट सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले बाम प्रहरीलाई समेत साथ लिएर सुरक्षा मजबुत पारेको छ । बिशेष गरेर शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा प्रहरीले सुरक्षा व्यवस्थालाइ मजबुत पारेको छ ।
    दलका उम्मेदवारलाई विहानैबाट सुरक्षा दिदा प्रहरीलार्य खानपिको समस्या पर्ने गरेको छ । घरदैलो अभियानको क्रममा विहानैबाट उम्मेदवार प्रचार प्रसारमा जुटेपछि प्रहरीको उपस्थित रहन्छ । उम्मेदवारको पछि पछि लाग्दै गाउभरि भोकै डुल्ने गरेका छन् प्रहरी । दलका कार्यकर्ताले तयार गरेको खानाको मेसमा प्रहरी सामेल नहुने हुदा थप समस्या परेको छ ।
    यातायातको साधन भएको प्रहरी चौकीले सुरक्षा दिदा आलो पालो गरी प्रहरीले खानपिनको व्यवस्था गरेपनि साधन नभएका चौकीका प्रहरीहरु भने मर्कामा पर्ने गरेका छन् । उम्मेदवारलाई सुरक्षा दिदै गरेको अवस्थामा भेटिएका बालुवा प्रहरी चौकिका नि.ईञ्चार्ज दिनेश कुमार सिंहले भन्नुभयो “हाम्रो काम सुरक्षा दिने हो, जसरी पनि मजबुत ढंगबाट सुरक्षा दिन्छौं ” । उम्मेदवारले तयारी गरेको मेसमा खानको लागि अनुरोध गर्दा आफ्नै कार्यालयमा मेसमा खाना पाकेको आफ्नो जिम्मेवारी जतिखेर सकिन्छ उतिनै खेर कार्यालयमै गई खाने भन्दै खान मन्नु भएन नि.ईञ्चार्ज सिंहले ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार