२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

दाप्चामा रक्तदान कार्यक्रम


२६५१ पाठक संख्या

दाप्चा – नेपाल रेडक्रस सोसाइटी काभे्रको प्राबिधिक सहयोग तथा रेडक्रस सहयोग समिति डराउनेपोखरीको आयोजनामा रक्तदान

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • दाप्चा – नेपाल रेडक्रस सोसाइटी काभे्रको प्राबिधिक सहयोग तथा रेडक्रस सहयोग समिति डराउनेपोखरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    रक्तदान कार्यक्रममा स्थानिय ३१ जनाले रक्तदान गरेका थिए । जिल्ला सभापति रघुवर चौप्रधान र सहयोग समितिका सभापति नविन अधिकारीले रक्तदातालाई फलफुल हस्तान्तरण गरेर शुभारम्भ भएको हो ।
    उक्त कार्यक्रममा सभापति चौप्रधानले रगतको अभावमा मृत्युशैयामा पुग्नुबाट जोगाउने कार्यको लागि गरीने रक्त दान भनेको जिवन दान सरह रहेको बताउदै सहयोग समितिको सकृयताको प्रशंसा गर्नु भएको थियो । उपशाखाले गर्ने सबै काम सहयोग समितिले गरेको भन्दै उहाँले उपशाखा विस्तार भए पहिलो प्राथमिकता डराउनेपोखरीलाई दिने बचन बद्धता व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा सहभागि स्थानिय आजिवन सदस्यहरुले सो स्थानमा रेडक्रसको उपशाखाको अति आवस्यक भएको भन्दै उपशाखाको मान्यता दिन निरन्तर दबाब दिइरहेका आजिवन सदस्यहरुले उपशाखाको अनुरोध गर्नुभएको थियो । सो स्थानमा रहेको सहयोग समितिले २ पटक आँखा शिविर, २ पटक दन्त शिविर, ७ दिने बृहत स्वास्थ्य शिविर लगायतका धेरै सामाजिक कृयाकलापहरु गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार