२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रेस स्वतन्त्रताको अवस्था बुझ्न टोली


२५७९ पाठक संख्या

काठमाडौं- नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा सात वटै प्रदेशमा प्रेस स्वतन्त्रताको अवस्था

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं- नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा सात वटै प्रदेशमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न टोली पठाउने भएको छ ।
    महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा प्रदेश ५ र ६ मा टोली जाने भएको छ भने उपाध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा प्रदेश ७ र उपाध्यक्ष दिलिप थापामगरको नेतृत्वमा प्रदेश नम्बर १ र २ मा टोली जाने छ । त्यस्तै महासंघका महासचिव रमेश विष्टको नेतृत्वको टोली प्रदेश नम्बर ३ र ४ जाने छ भने उपत्यकामा सचिव रेम विश्वकर्माको नेतृत्वको टोली परिचालित हुने छ ।
    टोलीले निर्वाचनको बेला प्रेस स्वतन्त्रताको अवस्था बुझ्नुका साथै मतदान केन्द्र र मतगणना स्थलसम्म पत्रकारलाई सहज ढंगबाट समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्ने छ । टोलीले निर्वाचन सम्बन्धमा सरोकारवाला पक्षसँग अन्तरक्रियासमेत गर्ने छ । सो, क्रममा कुनै समस्या आए स्थानीय पत्रकार र सरोकारवालाहरूसँग छलफल गरी पत्रकारहरूलाई सहज ढंगबाट समाचार संकलन तथा सम्प्रेषणका लागि समाधानको पहल गर्ने पत्रकार महांसघ केन्द्रले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार