२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भुकम्प पिडितको लागि १५ सयमैैै नक्सा


२४०८ पाठक संख्या

पाँचखाल- विनासकारी महाँभूकम्पका कारण पिडा भोगिरहेका पिडितहरुको सहजताको लागि पाँचखाल नगरपालिकाले वडा वडामै नक्सा तयार

  • नवसंकेत अनलाईन
  • २०७४ पौष ११, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल- विनासकारी महाँभूकम्पका कारण पिडा भोगिरहेका पिडितहरुको सहजताको लागि पाँचखाल नगरपालिकाले वडा वडामै नक्सा तयार गर्ने भएको छ । नगरले हालै गरेको निर्णयले गर्दा सामान्य घर वनाउनको लागि नगरको कार्यालय धाउनु नपर्ने भएको छ ।

     

    लाभग्राहिहरुको सहजता साथै छिटो घरहरु निर्माण कार्यलाई सहज गराउने उद्देस्यले २ कोठे घर निर्माण कार्यको लागि सम्पुर्ण कार्य वडाबाटै सकिने भएको छ । दुई कोठाको साथमा प्यासेज सहित निर्माण गर्नको लागि १ हजार ५ सय मात्र राजश्व तिरेर पुग्ने भएको छ ।

    नगरका कार्यकारी प्रमुख बासुदेब भेटवालका अनुसार प्रत्तेक वडा कार्यालयमा रहेका प्राधिकरणका ईञ्जिनियरहरुले २ कोठा सहितको प्यासेज भएको भूकम्प प्रतिरोधि घर निर्माणको लागि प्रकृया पु¥याएर वडामा सिफारिस गर्ने त्यसैको आधारमा वडा अध्यक्षले निर्माणको लागि अनुमति दिने व्यवस्था मिलाएको वताउनु भयो । जस्ले गर्दा नक्सा पासको लागि किताव समेत किन्नु नपर्ने १ हजार ५ सर राजस्वको भरमा निर्माण कार्यको थालनि गर्न सक्ने जानकारी गराउनु भयो ।

     

    त्यसैगरी नगरवासिहरुलाई थप सहजताको लागि नगरमा हाल भएको ३ जना अमिनको संख्या बढाएर ६ जना पु¥याउने जसले गर्दा घर निर्माण लगाएतको कार्यमा सहजता हुने बताउनु भएको छ । वडामा घर निर्माण कार्यको लागि दिईने सिफारिसमा पनि माप दन्ड पुरा हुनुपर्ने र त्यसैको आधारमा भूकम्प पिडितले पाउने रकम उपलब्ध गराउने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार