२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या


२७९२ पाठक संख्या

धुलिखेल- मानव स्वास्थ्यको लागि स्वच्छ वातावरण अति आवस्यक रहन्छ, तर कलकारखाना, सडक मर्मत सुधार साथै

  • नवसंकेत अनलाईन
  • २०७४ पौष १९, बुधबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल- मानव स्वास्थ्यको लागि स्वच्छ वातावरण अति आवस्यक रहन्छ, तर कलकारखाना, सडक मर्मत सुधार साथै फोहोर व्यवस्थापनमा भएको लापर्वाहिले वातावरण प्रदुषित बन्ने कार्य दिनपर दिन बृद्धि हुदै गएको छ । जसको कारण मानव स्वास्थ्यमा जटिलपरिस्थिति आउनाको साथै नयाँ/नयाँ रोगको प्रकोप फैलिने गरेको छ ।

    सहर वजारमा थुपारेर राखेको फोहोको व्यवस्थापनमा नगरपालीकाले खासै चासो नदिदा दुर्गंदित भैई वातावरणनै दुषित हुने गरेको छ । जसको कारण मानव स्वस्थ्यमा असर पुगिरहेको छ । त्यसैगरी सडक मर्मत तथा निर्माणको नाउमा समयमा काम नगरी धुलाम्य भएकोले सोही धुलोवाट असर पुर्याउने गरेको छ ।

    कृषकहरुले खेत बारमिा प्रयोग गर्ने बिषादिलाई व्यवस्थीत ढंगबाट प्रयोग नगर्ने वा प्रयोग गरीसकेको खाली भाँडाहरु सुरक्षित स्थानमा व्यवस्थित तरीकाले नष्ट नगर्दा समेत समस्या आउने गरेको छ । मानव स्वास्थ्यका बिषयमा सरोकारवाला निकायहरुले चासो नदिएमा वातावरण पुर्ण रुपमा प्रदुषण भई भयाह स्थिति आउने प्रवल संभावना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार