२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अरबको लगानिमा सुनकोशीको पानी पाँचखालमा


२२९२ पाठक संख्या

पाँचखाल- लामो समयदेखि पिउने पानि र सिंचाईको अभाव झेल्दै आएका पाँचखालका स्थानियहरुलाई पिउने पानिको लागि

  • नवसंकेत अनलाईन
  • २०७४ पौष १९, बुधबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल- लामो समयदेखि पिउने पानि र सिंचाईको अभाव झेल्दै आएका पाँचखालका स्थानियहरुलाई पिउने पानिको लागि बृहत खानेपानी योजना आउने आशाको त्यान्द्रो पलाएको छ । उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ ।
    सुनकोशि पाँचखाल आयोजना उपभोक्ता समितिको पहलमा दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने भएको हो । करिव १ अरवको लागत अनुमानमा ल्याउन लागेको पानीको लागि साना शहरी खानेपानी आयोजना मार्फत एसियालि बिकास बैंकले ७० प्रतिशत लगानि गर्ने भएको छ । आईतबार बाट गणकहरु द्वारा घरधुरि सर्वेक्षण गर्ने कार्य सुरु भएको छ , साथमा सर्वे टोल पनि खटेको छ ।
    उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार दुई बर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ अगाडि बढेको उक्त योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ३० प्रतिशत जम्मा गर्नु पर्ने बताउनु भएको छ । उहाँका अनुसार सुरुमा ५ प्रतिशत रकम जम्मा गरपछि टेण्डर मार्फत काम अगाडि बढ्ने र नपुग २५ प्रतिशत रकम २५ बर्ष भित्र उपभोक्ताले जम्मा गर्नु पर्ने र त्यसको जिम्मेवारी नगरपालिकाले लिनु पर्ने बताउनु भयो ।
    उपभोक्ताले ५ प्रतिशत रकम जम्मा नगरे सम्म टेण्डर प्रक्रिया अगागि नवढ्ने भएकोले उपभोक्ता घरधुरि संख्याको लागि गणकहरु खटाई सकेकोर १५ दिन भित्र गणकले कार्य सक्ने जानकारी प्राप्त भएको छ । पाँचखाल नगरपालिका भित्र पिउने पानीको अभाब झेलेका करिव ६ हजार उपभोक्ता रहेकोले हालको अवस्थामा प्रति उपभोक्ताले करिव ८ हजार ५ सय जम्मा गर्नु पर्ने देखिन्छ । पानी संञ्चालनको क्रममा कुनै पनि स्थानमा सार्वजनिक धारा जडान नगरी सिधै उपभोक्ताको घरमा धारा जडान गर्ने योजना भएको जानकारी प्राप्त भएको छ ।
    उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम नगर वा अन्य कुनै संघ संस्थाले जम्मा गरेर नहुने जानकारी प्राप्त भएको छ । उपभोक्ताहरुको अपनत्वको लागि उपभोक्ता स्वयंले रकम जम्मा गर्नुपर्ने र सो रकम लागतमै थपिने जानकारी प्राप्त भएको छ । काम सुरु भएको दुई बर्ष भित्रमा पानी बितरण गर्ने र पानी उपभोग गरे बापतको न्यूनतम शुल्क बाट मर्मत सुधार तथा कर्मचारी व्यवस्था गर्ने जानकारी प्राप्त भएको छ । उपभोक्ताहरुलाई एकै पटक भार नपरोस भन्ने उद्देस्यले ऋण स्वरुप २५ प्रतिशत रकम २५ बर्ष भित्र भुक्तानि गर्नु पर्ने व्यवस्था मिलाएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार