२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डिभिजन सडकलाई नगरको सहयोग, सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता


२५०५ पाठक संख्या

बनेपा- डिभिजन सडक कार्यालयले सडक मापदण्ड अनुसार कार्य गर्न सर्वसाधारणलाई सुचना जारी गरेको छ ।

  • नवसंकेत अनलाईन
  • २०७४ पौष १९, बुधबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- डिभिजन सडक कार्यालयले सडक मापदण्ड अनुसार कार्य गर्न सर्वसाधारणलाई सुचना जारी गरेको छ । अरनिको राजमार्ग खण्ड भक्तपुरदेखी बन्देउ (दोलालघाट पारी) सम्म पर्ने सडकको दायाँ बायाँ २५÷२५ मिटर खालि गर्न सुचना जारी गरेको छ । सोहि सुचनाको आधारमा बनेपा नगरले सडक दायाँ बायाँ खाली गर्न सुचना गरेको छ ।
    काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा नगरमा रहेको सडक साथै पैदल यात्री हिड्ने बाटोमा समेत व्यापार व्यवसाय हुदै आएकोले नगरले सडक खालि गर्न पटक पटक सुचना जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन । निर्माण कार्य गर्दा व्यवस्थित ढंगबाट गरेपनि स्थानिय व्यापारीहरुले सडक अतिक्रमण गर्दा बनेपा कुरुप जस्तै अवस्थामा रहेको छ ।
    केहि समय अगाडि मात्रै चारदोवाटो बाट पुल बजार सम्म सडकको दायाँ बायाँको भागमा कालो पत्रे गरेपनि सो कालोपत्रे गरेको सडक सवारी पार्कीङ्ग गर्ने पार्किङ्ग स्थलको साथै निर्माण सामाग्री स्टोर गर्ने स्थानको रुपमा रहेको छ । नगरले सडक खाली गर्नको लागि तीन दिन सम्म माइकिङ्ग गरी सुचना जारी गरेपनि कसैले टेर पुच्छर नलगाउंदा समस्या जिंउका तिउ कायम रहेको छ । बजारलाई व्यवस्थित गर्ने नाउमा नगरले पटक पटक सेमिनार गर्ने र वजेट व्यवस्था गरेपनि बजारको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।
    चारदोबाटोबाट पुरानो बजार तर्फ जाने सडक पुरै व्यापारीले कब्जा गर्दा सोहि मार्ग भएर शिरमेमोरीयल अस्पताल जाने एम्बुलेनसलाई समस्या पर्दा समेत नगरले कुनै व्यवस्था गर्न सकेको छैन । बनेपा बाट रबिओपि हुदै पाँचखाल जोडिने बैकल्पिक सडकको रुपमा रहेको सडक समेत सोहि मार्ग भएर संञ्चालन हुनु पर्ने अवस्था हुदा हुदै पनि सडकमा व्यापार गरी रहनेलाई हटाउन सकेको छैन । सो मार्गलाई एक तर्फी गरेर बैकल्पिक व्यवस्था गर्न समेत नसकेको बनेपा नगरले सडक खालि गर्ने सुचनाको माईक प्रवाव विहिन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार