२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ता वितरण


२८६१ पाठक संख्या

पाँचखाल÷पाँचखाल नगरपालिकामा २०७३÷७४ को तेस्रो चौमासिकमा बितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको रकम निकासामा कमि भएकोले

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल÷पाँचखाल नगरपालिकामा २०७३÷७४ को तेस्रो चौमासिकमा बितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको रकम निकासामा कमि भएकोले नगरको आन्तरिक स्रोतबाट ९ लाख ६१ हजार ४ सय रकमको व्यवस्था गरेकोे छ ।

    नगरमा चौथो कार्यकारीे प्रमुखको रुपमा ०७३ फाल्गुणमा आउनु भएकोे बिष्णु कुमारी भट्टराईले सामाजिक सुरक्षा भत्ताको अध्याबधिक नगर्दा रकम निकासामा समस्या भएको थियो । तेस्रो चौमासिक भत्ता बितरणमा निकासा भएको रकम बाट ९ लाख ६१ हजार ४ सय अपुग भएपछि नगरमा रहेका ९ सय ६३ जना लाभग्राहिलाई अपुग रकम वितरण गरेको थियो । जसमा एकल विधवालाई १ जहार, दलित जेष्ठलाई ६ सय, आंशिक अपाङ्गलाई २ सय कम वितरण भएकोमा नगरले आन्तरिक स्रोतबाट अपुग रकम उपलब्ध गराएको छ ।
    नगरले उपलब्ध गराएको रकम एन.सि.सि. बैंक पाँचखालमा १ लाख ५६ हजार, लक्ष्मी बैंक १ लाख ५८ हजार, कृषि बिकास बैंक १ लाख ४० हजार, नेपाल बैंक १ लाख १७ हजार ८ सय, सिंन्धु बिकास बैंक १ लाख ५४ हजार, देव विकास बैंक १ लाख १२ हजार, प्रभु बैंक १ लाख २३ हजार ६ सय जम्मा गरेको जानकारी प्राप्त भएको छ । कार्यकारी अधिकृत भट्टराईले सामाजिक सुरक्षा भत्ताको लागि पञ्जिकरण केन्द्रिय कार्यालयमा माग गर्नुपर्ने रकमको माग नगर्नुको साथै अध्याबधिक समेत नगराउंदा उत्पन्न भएको समास्यालाई नगरको आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएपछि समाधान भएको छ ।
    ०७४ अशारको २५ गते नगरको पाँचौ कार्यकारी अधिकृतको रुपमा पुन आउनु भएका बासुदेव भेट्वालसंग भत्ता बितरणमा अनियमितताको बिषयमा सम्पर्क गर्दा समस्या आएको हो र भएको रकमलाई दामासाहिले अगुग रकम वितरण गरीयो अपुग रकम केन्द्रिय पञ्जिकरणमा माग पनि गरेको छ, तर माग गरेको रकम हाल सम्म पनि नआएकोले नगरको आन्तरिक स्रोतबाट व्यवस्था गरेको बताउनु भयो । उहाँले थप्नुभयो अपुग रकम मात्र लिन चाहनेले बैंकमा सम्पर्क गरेर लिन सकिने र थोरै रकमको लागि कसैले झण्झट मानेमा चौथो चौमासिकको सामाजिक सुरक्षा भत्ताको रकम लिदा थपेर लान मिल्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार