२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँचो इट्टाबाट बनेको घरलाई अनुदान दिन्छौं : खरेल


२४३९ पाठक संख्या

पाँचखाल÷पाँचखाल नगरका भूकम्प पिडितहरुले भूकम्प प्रतिरोधि सुरक्षीत ढंगबाट काँचो ईट्टाले घर निर्माण गरेपनि राज्यले दिने

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल÷पाँचखाल नगरका भूकम्प पिडितहरुले भूकम्प प्रतिरोधि सुरक्षीत ढंगबाट काँचो ईट्टाले घर निर्माण गरेपनि राज्यले दिने अनुदान उपलब्ध गराउने भएको छ ।


    पाँचखाल नगरका मेयर महेश खरेलले आफ्नो नगरमा बसोबास गर्ने गरिविका रेखामुनि रहेका स्थानियहरुले आर्थीक अभावको कारण पुनर निर्माणको कार्य गर्न नसकोकोले सुरक्षीत ढंगबाट काँचो इट्टाको घर बनाउनेलाई पनि भूकम्प पिडितले पाउने अनुदान उपलब्ध गराउने जानकारी गराउनु भएको छ ।
    नगरमा बसोवास गर्नेहरुका हितका खातिर सुरक्षीत ढंगको दुई कोठा र प्यासेज सहित जस्ताको छाना भएको घरको लागि सम्बन्धित वडाबाटै १ हजार ५ सय राजस्व तिरेर घर बनाउन आवस्यक प्रकृया पुर्ण गराउन सकिने व्यवस्था गरेको छ । जुन निर्णयले गर्दा सानो घर बनाउनेहरु नगरको कार्यालयमा धाउनु नपर्ने भएको छ । स्थानिय निर्माण सामाग्री प्रयोग गरेर सुरक्षीत घर निर्माण गर्न पाउने नगरको निर्णयले गर्दा स्थानियहरु घर निर्माणको लागि जुटेका छन् । झण्डै तीन बर्ष सम्म जस्ताको टहराको भरमा गुजरा चलाउंदै आएका भूकम्प पिडितहरु नगरको पछिल्लो निर्णयले गर्दा खुसि हुदै घरैमा बस्न पाउने आशामा पुनर निर्माणमा जुटेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार