२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नियमित गस्ति नहुदा स्थानियलाई सास्ति


२६३८ पाठक संख्या

पाँचखाल÷प्रहरीले रातीको समयमा ग्रस्ति नगर्दा स्थानियलाई सास्तिको साथै असुरक्षीत महसुस गर्न थालेका छन् । विगतमा

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल÷प्रहरीले रातीको समयमा ग्रस्ति नगर्दा स्थानियलाई सास्तिको साथै असुरक्षीत महसुस गर्न थालेका छन् । विगतमा रातीको समयमा पैदल तथा सवारी ग्रस्ति हुंदा शान्त हुने गरेको बजारी क्षेत्र पछिल्ला समयमा आएर रातभर कोलाहालको स्थिति निम्तिएको छ ।

    स्थानिय मदिरा खुलम खुल्ला उत्पादन, ओसार पसार साथै बिकृ गर्दा पनि प्रहरीले कुनै चासो नदेखाउंदा समस्या निम्तिएको हो । बिगतमा घरेलु मदिरामा कडाई गर्नुका साथै नियमित ग्रस्ति हुंदा बजारी क्षेत्र साथै राजमार्गहरुमा शान्त वातावरण थियो । हालको समयमा प्रहरीले कुनै पनि समय कुनै पनि प्रकारको ग्रस्ति नगर्ने साथै खुलम खुला मदिरा बिकृ बितरण गर्दा समेत कुनै रोक तोक नहुंदा स्थानियहरुले अशुरक्षीत महसुस गरेका छन् ।

    राती अवेर सम्म होटलहरु खुल्ने, मदिरा व्यवसाय संञ्चालन हुने र मदिरा सेवनकै आधारमा हो हल्ला गर्ने मात्र नभएर अपशब्द बोल्दै हिड्दा सर्व साधारण स्थानियहरु मर्कामा परेका छन् । रातिको समयमा मदिराले लठ्ठिएकाहरु राजमार्ग साथै भित्रि सडकहरुमा भौतारीदै हिड्ने गर्दा थप असुरक्षीत महसुग गरेका छन् पाँचखाल साथै आसपासका स्थानियहरुले ।
    केहि बर्ष अगाडि राजमार्गमा ग्रस्ति नहुदा रातीको समयमा लुटपात हुने गरेकोले अस्थाई प्रहरी चौकी खावाबाट पैदल ग्रस्ति र पाँचखाल प्रहरी चौकीबाट पैदल तथा सवारी साधनबाट ग्रस्ति आकस्मिक रुपमा जिल्ला प्रहरी कार्यालयबाट समेत ग्रस्ति हुदा लुटपातको घटना न्युन भएको थियो । पछिल्ला समयमा प्रहरीले जुवातास, घरेलु मदिरा लगाएतको कार्यमा कुनै वास्ता नगर्दा मदिरा सेवन गरी सवारी चालक अनुमति पत्र समेत नभएकाहरुले रातभर मोटरसाईकल दौडाएर झगडा गर्दै हिड्दा समेत प्रहरीको चासो नहुनुमा स्थानियहरु चकित परेका छन् ।
    बिगतमा गाँजा सेवन कार्यमा प्रहरीले सिभिल ग्रस्ति तथा सुराकी परिचालन गर्दा निमिट्यान्न भएको थियो । त्यसैगरी बढ्दो चोरीका घटनाहरु समेत अत्यन्त कम हुंदै गएको पाँचखाल र आशपासका क्षेत्रमा पछिल्लो समयमा आएर प्रहरिको निस्कृयताले गर्दा शुरक्षाको अवस्था खस्कंदै जाँदा दिन पर दिन असुरक्षीत गर्न थालेका छन् स्थानियहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार