२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

देशैभरका नर्सहरुले आन्दोलनको सूरुवात


२३६७ पाठक संख्या

आर.एल.श्रेष्ठ काठमाडौं÷कामगरि रहेका नर्सहरुलाई बिना कारण निष्काशन गरेको भन्दै नर्सहरु आनदोलनमा उत्तीएका छन् । आन्दोलनको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ
    काठमाडौं÷कामगरि रहेका नर्सहरुलाई बिना कारण निष्काशन गरेको भन्दै नर्सहरु आनदोलनमा उत्तीएका छन् । आन्दोलनको सुरुवातिमा दैनिक रुपमा गर्दै आएको काममा तीन घण्टा मौन रहेर आन्दोलनको सुरुवाति गरेका छन् ।
    मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको लागि विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले देशव्यापी रुपमा सोमबारदेखि तीन घण्टाका लागि काम छोडेका हुन् । केन्द्रबाट निष्काशित नर्सका साथै अन्य कर्मचारी सहित सातै जनालाई पुर्नबहाली गरिनु पर्ने लगायतका ११ बुँदे माग राख्दै नर्सहरुले सोमबारदेखि तीन घण्टाका लागि काम छाडेका थिए ।
    नर्सरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम छोड्दा अस्पतालहरुमा समस्या आएको थियो । स्वास्थ्य मन्त्रालयले नर्सहरुको मागप्रति कुनै सुनुवाई नगरेपछि नेपाल नर्सिङ्ग संघको पूर्व घोषित कार्यक्रम अनुसार नै नर्सहरुले माघ १ गतेदेखि तीन दिनसम्मका तीन घण्टा काम छोड्ने निर्णय गरेका हुन् । उनीहरुले आन्दोलनकै क्रममा त्यसपछिको तीन दिन पूरै काम छोड्ने गरी पहिलो चरणको कार्यक्रम तय गरेको जानकारी प्राप्त भएको छ ।
    त्यति गर्दा पनि मन्त्रालयद्वारा मागको सुनुवाई नभए आन्दालनको दोश्रो चरणमा पूरै काम ठप्प पारी मन्त्रालय घेराउ गर्ने नर्सिङ्ग संघले चेतावनी दिएको छ । मागका क्रममा संघले निष्काशित नर्सहरुलाई पुर्नबहाली गरिनु पर्ने, नर्सिङ्ग सेवा महाशाखा गठन गरिनु पर्ने, प्रत्येक स्कुलमा स्कुल नर्सको व्यवस्था गरिनुपर्ने, नर्सहरुको श्रम शोषणको अन्त्य गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार