२०८१ आश्विन २६, शनिबार | Sat, 12, Oct, 2024

प्रदेश प्रमुखको शपथमा पत्रकारलाई रोक


३९९९ पाठक संख्या

राष्ट्रपति कार्यालयले निजी सञ्चार माध्यमहरुलाई प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रमको समाचार संकलन र सम्प्रेषणमा रोक लगाएको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ ६, शनिबार मा प्रकाशित ६ साल अघि
  • राष्ट्रपति कार्यालयले निजी सञ्चार माध्यमहरुलाई प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रमको समाचार संकलन र सम्प्रेषणमा रोक लगाएको छ ।
    शपथग्रहण कार्यलाई आम संञ्चार माध्यमबाट जनतामा सु—सुचित गराउने उद्देस्यले पुगेका पत्रकारहरुलाई समाचार संकलन गर्न नदिएको बिषयमा नेपाल पत्रकार महांसंघ केन्द्रको ध्यानाकर्षण भएको छ । पत्रकारहरुलाई समाचार संकलन गर्न नदिए पछि पत्रकार महांसंघले पे्रस स्वतन्त्रताको ठाडो उलंघन गरेको भन्दै विज्ञप्ति मार्फत बिरोध गरेको छ ।
    महांसंघले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, पत्रकारलाई समाचार संकलन र सम्प्रेषणमा रोक लगाउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो र यो अवरोध लोकतान्त्रिक मूल्य मान्यताको विपरित छ । यस्ता घटनाले निर्वाध रुपमा समाचार संकलन गर्न पाउने पत्रकारको कानूनी अधिकार हनन भएको महासंघको ठहर छ । पत्रकारमाथिको अवरोधले जनताको सूचनाको हक समेत कुन्ठित भएको छ । पत्रकारले निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन भएको घटनाको महासंघ भत्र्सना गर्दछ ।
    राष्ट्रपति कार्यालयबाट बारम्बार सञ्चारकर्मीहरुमाथि विभेदपूर्ण व्यवहार हुँदै आएकोमा महासंघ दुःख व्यक्त गर्दछ । महासंघ घटनाको छानबिन गरी भविष्यमा यस्ता किसिमका घटना दोहरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार