२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाग्मती टिपर सात बर्षमा टिपरले मण्डलेको व्यवहार गर्दा दुर्घटना बढेको हो – प्रजिअ


३६९९ पाठक संख्या

बनेपा-बागमति टिपर व्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । साधारण

  • नवसंकेत अनलाईन
  • २०७४ माघ ९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-बागमति टिपर व्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले भन्नुभयो सडकमा संञ्चालन हुने सवारी साधन मध्य सव भन्दा बडी लापर्वाहि ढंगबाट सवारी संञ्चालन गर्नेमा टिपरका चालक भएको बताउनु भयो । टिपर चालकले एउटा हातमा मोबाईल र अर्को हातनमा चुरोट तान्दै सवारी साधन हाँक्दा दुर्घटना बढी हुने गरेको वताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि सिंखडाले थप्नुभयो सडकमा संञ्चालन हुने टिपरले मण्डलेको जस्तो व्यवहार गरेको वताउनु भयो । सडकमा तिब्र गतिमा सवारी साधन हाँक्दा दायाँ बायाँ केहि नहेरी दौडाउदा दुर्घटना धेरै हुने गरेको बताउनु भयो । टिपर ठुलो भएकोले उसले मोटरसाईकललाई ठक्कर दिदा बाच्ने न्युन प्रतिशत मात्र हुनछन्, तर दुर्घटना हुंदा टिपरका चालक सुरक्षीत रहने हुदा थप लापर्वाहि हुने गरेको वताउनु भयो ।

    त्यसैगरी कार्यक्रममा यातायात व्यवसायि योगेन्द्रनाथ कर्माचार्यले भन्नुभयो सडकमा दुर्घटना हुंदा प्रहरीले सवारी धनीलाई प्रहरीको भ्यानमा राखेर मानसिक यातना दिने कार्य राम्रो नभएको बताउनु भयो । सवारी दुर्घटना बिभिन्न कारणले हुने, यदि गल्ती भै हालेपनि चालकको होला, चालकको गल्ती हुंदा सवारीधनिलाई मानसिक यातना दिनु उचित नहुने वताउनु भएको थियो । पछिल्लो समयमा दुर्घटनाको गल्ती कस्को कारणले भएको भनि पहिचान गर्नुको वदला दुर्घनास्थलमा भएको ठुलो सवारी साधन जुन छ त्यसैलाई कारवाहिको दायरामा ल्याउनु उचित नभएको वताउनु भयो । सडकमा यातायात संञ्चालन गर्दा जस्को गल्तिको कारण दुर्घटना भएको छ उसैलाई कारवाहि गर्ने कार्य गरेमा दुर्घटना कमि हुने बताउनु भयो ।

    टिपर व्यवसायी संघका अध्यक्ष शेयर वहादुर कुंवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख शहकुल वहादुर थापा, उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पत्रकार महाँसंघ कााभे्र शाखा अध्यक्ष मोतिराम तिमल्सिना लगाएतले टिपर व्यवसायिले गर्नुपर्ने सुधारको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमा स्वागत मन्तव्य संघका उपाध्यक्ष्य सुरेश खत्रिले गर्नुभएको थियो । कार्यक्रम संञ्चालन संघका प्रथम उपाध्यक्ष पे्रम लामाले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार