२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

जोरपाटीको ७३ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न शिक्षा र स्वास्थ्यमा निजिकरण गर्न दिनौ- गोकुल


४३०० पाठक संख्या

पाँचखाल-जोरपाटी माध्यमिक विद्यालयको ७३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस साथै एस.ई.ई परिक्षा २०७३ उत्तीर्ण विद्यार्थिहरुलाई

  • नवसंकेत अनलाईन
  • २०७४ माघ ९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-जोरपाटी माध्यमिक विद्यालयको ७३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस साथै एस.ई.ई परिक्षा २०७३ उत्तीर्ण विद्यार्थिहरुलाई सम्मान गरेको छ । बिद्यालयले ७२ बर्ष पार गरी ७३ बर्षमा प्रवेस गरेको उपलक्षमा पाँचखाल र आसपासको स्थानको लागि अति आवस्यक रुपमा रहेको कृषि प्राबिधिक शिक्षा संञ्चालन गर्ने लक्षका साथ बिद्यालय अगाडि बढेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि काभे्र क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गोकुल बास्कोटाले जोरपाटी माध्यमिक विद्यालयले संञ्चालन गर्न लागेको प्राबिधिक शिक्षा अति आवस्यक र समयको माग अनुसारको भएको वताउनु भयो । विद्यालयले अगाडि बढाएको प्राबिधिक शिक्षाको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । शिक्षामा धेरै कमि कमजोरी भएकोले धेरै कुरा सुधार्नु पर्ने वताउंदै सुधारको लागि आफुले प्रयास गर्ने बताउनु भयो ।

    विद्यालयमा धेरै राजनीति हुंदा शिक्षाको गुणस्तरमा गिरावट आएकोले संस्थागत राजनीति गर्ने कार्यलाई बन्द गर्ने कार्यका आफुले पहल गर्ने वताउनु भयो । संस्थागत राजनीतिले धेरै कुरामा समस्या आएकोले त्यस्तो कार्यलाई बन्द गर्न जरुरी रहेको बताउनु भयो । बिद्यालयमा अनुशासन र ईमान्दारिता अति आवस्यक भएकोले सो कार्य गर्न र गराउने कार्यको थालनि गर्नु पर्ने बताउनु भयो । जिल्ला शिक्षा अधिकारीले हाप पाईन्ट लगाएर विद्यालयको निरिक्षणमा हिड्दै शिक्षक तथा बिद्यार्थीले युनिफम नलगाएको भनि धम्काउनु कत्तिको उचित हो भनि प्रस्न गर्नुु भयो । शिक्ष र सस्थ्यमा निजिकरण गर्ने कुचेष्टा बिगतको समयबाटै गर्दै आएकोले त्यस्ता कार्यलाई गर्न नदिने बताउनु भयो ।

    त्यसैगरी काभे्र क्षेत्र नं २ प्रदेश सभा १ का सांसद लक्ष्मण लम्सालले बिद्यालयले अघि सारेको प्राबिधिक शिक्षाको बिषयमा आफुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । पाँचखाल र आसपासको स्थानमा स्वरोजगार मुलक शिक्षाको आवस्यक भएको समयमा जोरपाटी माध्यमिक बिद्यालयले कार्य थालेकोमा खुसि व्यक्त गर्दै पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । जिल्लामा दरबन्दि मिलानमा लापर्वाहि भएकोले त्यस्ता कार्यलाई तत्काल रोकेर आवस्यकताको आधारमा दरबन्दि मिलान गर्ने कार्यमा आफु लाग्ने बताउनु भयो । पाँचखाल नगर कृषि शहर भन्ने अभियानको साथमा अगाडि बढेकोले सोहि अनुसार प्रसबिधिक शिक्षामा सुहाउंदो बिषय छान्नु पर्ने बताउनु भयो ।

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समानुपातिक तर्फका प्रदेश सभा सांसद गोमा भुर्तेल, पाँचखाल नगरपालिकाको उप मेयर लक्ष्मी दनुवार , विद्यालय निरिक्षक मान दास लामा, शिक्षा बिद दामोदर अधिकारी, नेपाल रेडक्रस सोसाईटि पाँचखाल उपशाखाका सभापति बाबुकाजी पराजुली, नवप्रतिभा माविका प्रअ सरोज न्यौपाने लगाएतले प्राबिधिक शिक्षाको आवस्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो । विद्यालयका शिक्षक पुरुषोत्तम पौडेलबाट स्वागत मन्तव्य राखि सुरु भएको उक्त कार्यक्रममा प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले प्रगति बिवरण, अध्यष भोजराज पन्तले भावि कार्ययोजना, लेखापाल सुजाता न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने शिक्षक अच्युतम खतिवडाले कार्यक्रमको संञ्चालन गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार