२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरकारी खेतिमा बिषादि न्युनिकरण अभियानमा लबग्रीन पाँचखालमाको तरकारीमा बिषादि छैन -खरेल


२९८२ पाठक संख्या

पाँचखाल-ताजा तरकारी खेतीको लागि चर्चीत स्थानको रुपमा रहेको पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा रासायनिक बिषादिको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ ९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-ताजा तरकारी खेतीको लागि चर्चीत स्थानको रुपमा रहेको पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा रासायनिक बिषादिको न्युनिकरणको लागि पहल सुरु भएको छ । बिगत २६ बर्ष देखि पाँचखाल र आसपासको स्थानमा कार्य गर्दै आएको लबग्रीन नेपाल नामक संस्थाले “वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना” मार्फत उक्त कार्यको सुरुवात गरेको हो ।

    सोमबार पाँचखाल स्थित लबग्रीन नेपालको कार्यालयमा भएको छलफल कार्यक्रमको प्रमुख अतिथि काभे्र जिल्ला समन्वय समितिका प्रमुल उद्धब के.सीले वातावरण सुधारको साथै तरकारी खेतिमा बिषादि न्युनिकरणको लागि कार्य गर्न अग्रसर रहेको परियोजनालाई सहयोग गर्ने बताउनु भयो । जिल्लामा रहेको १३ वटै स्थानिय तहमा वातावरण संग सम्बन्धित कार्यलाई अगाडि बढाउने बिषयमा समेत छलफल भएको र केहि बर्ष भित्रै काभे्र जिल्ला बिषादि रहितको जिल्लाको रुपमा परिचित गराउने कार्यमा स्थानिय तहका सवै निकायहरु कृयासिल रहने बताउनु भयो ।

    छलफल कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले भन्नुभयो पाँचखाल नगरमा उत्पादन भएको ताजा तरकारीमा हल्ला गरेअनुसारको बिषादि नभएको बताउनु भयो । काठमाडौ कालिमाटीमा तरकारीको परिक्षण हुंदा उपभोक्ताले उपभोग गर्न हुने नतिजा आउंदा आउंदै अनर्गल हल्ला मच्चाएकोले पाँचखालमा उत्पादन भएको तरकारीमा ट्याग लगाउने व्यवस्था गर्न आवस्यक भएको वताउनु भयो । मुलुकका विभिन्न स्थानमा उत्पादन भई काडमाडौंमा भित्रिएको तरकारीको तुलनामा अत्यन्त कम मात्रामा बिषादिको अवसेस भेटिएको जुन खानको लागि स्वास्थयमा असर नपर्ने पाईएको बताउनु भयो ।

    मेयर खरेलले भन्नुभयो रासायनिक बिषादिको प्रयोग लाई न्युनिकरण गर्दै जैबिक तरीकाबाट खेती गराउने साथै पाँचखालको वातावरण संरक्षणको लागी लबग्रीन नेपालले कार्य थालेकोमा आगामि दिनमा नगरको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भएको थियो । पाँचखाल नगरलाई कृषिको माध्यमबाट हराभरा गराउंदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म परिचय गराउन आफुहरु लागेको बताउनु भयो । पाँचखाल शहरलाई काठमाडौ जस्तो कंक्रिटको शहरमा परिणत हुन नदिनको लागि साथै नगरका बिपन्न बर्गको जिवन स्तरमा कृषिकै माध्यमबाट आमुल परिवर्तन गराउने लक्षका साथ नगर अगाडि बढेको वताउनु भयो ।

    मुल दातृ संस्था जाईका योकोहामा र लवग्रीन जापान नामक संस्थाको सहयोगमा लवग्रीन नेपाल नामक संस्थाले पाँचखाल र आसपासका क्षेत्रको वातावरणमा व्यापक सुधार गर्नाको लागि समाज कल्याण परिषद, माटो व्यवस्थापन निर्देशनालय, जिल्ला समन्वय समिति तथा सम्बद्ध निकायहरु, पाँचखाल नगरपालिका, कृषि खानेपानी तथा सिंचाई सुचना तथा संञ्चारका माध्यमहरुसंग समन्वय गरेर अगाडि बढेको छ ।

    ४ करोड ८५ लाख बजेटको व्यवस्था गरी परियोजनाले वातावरण संरक्षण, दिगो कृषि, दिगो पशुपालन, साना कृषि पूर्वाधार बिकास कार्यक्रम, दिगो कृषि सम्बन्धि जनचेतना कार्यक्रम, क्षमता बिकास लगायतमा बिषयहरुमा कार्य गर्दै रासायनिक बिषादिको प्रयोगमा ९५ प्रतिशत कमि ल्याउने साथै रासायनिक मलको प्रयोगमा ९० प्रतिशत कमी ल्याई कृषकहरुको उत्पादनमा ७० प्रतिशतले बृद्धि गर्ने लक्षका साथ अगाडि बडेको परियोजनाका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले एक कार्यक्रमको आयोजना गरी जानकारी गराउनु भएको थियो ।

    जिल्ला समन्वय अधिकारी कोमल प्रसाद धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट पशु विकास अधिकृत नारायण श्रेष्ठ, जिल्ला कृषि विकास अधिकृत दुर्गा पौडेल, लगाएतकाले छलफलमा भाग लिनुभएको थियो । लबग्रीन नेपाल छात्रबित्ति संयोजक सुमित्रा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार