२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रक्षक नै भक्षक, जिल्ला प्रशासन कर्मचारी गोलीसहित पक्राउ


२६५१ पाठक संख्या

लहान-जिल्लाको शान्तिु सुरक्षा लगायतको कार्यमा सकृय रहेर जिल्ला वासिहरुको रक्षा गर्नु पर्ने रक्षक नै भक्षको

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १४, आईतबार मा प्रकाशित ६ साल अघि
  • लहान-जिल्लाको शान्तिु सुरक्षा लगायतको कार्यमा सकृय रहेर जिल्ला वासिहरुको रक्षा गर्नु पर्ने रक्षक नै भक्षको सुईको पाएपछि प्रहरीले पक्राउ गरी कारवाही प्रकृया अगाडि बढाएको छ ।

    जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत दुई कर्मचारीको साथबाट पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झा रहेका छन् । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए ।
    दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषधको ट्याबलेट बरामद गरिएको थियो । दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार