२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रमा चोरीको विगविगी, चोरहरुले खसि बोका पनि छाडेनन्


२४७१ पाठक संख्या

धुलिखेल-पछिल्लो समयमा काभे्मा चोरीको बिग बिगि बढेको छ , राजमार्गको छेउछाउमा रहेको घर तथा पसलमा

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १४, आईतबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल-पछिल्लो समयमा काभे्मा चोरीको बिग बिगि बढेको छ , राजमार्गको छेउछाउमा रहेको घर तथा पसलमा मानिस ओल्टा कोल्टा लागेको मौका छोप्दै दिउंसै पनि चोरी हुन थालेको छ ।

    घरमा रहेको मानिस कता जान्छन भनि चीयो बुझ्ने र सोही मौका मिलाएर घरमा भएको सवै सामान चोरी गर्ने कार्यले स्थानियहरु असुरक्षीत हुन थालेका छन् । चोरी गर्ने कार्य दिनपर दिन बढ्दै जाँदा चोरी गर्नेलाई पक्रिएर कारवाहिको दायरामा ल्याउन नसक्दा समस्या आएको हो ।

    पाँचखाल नपा तिनपिप्ले नजिक अरनिको राजमार्गको छेवैमा रहेको एक घरमा दिउंसो कोहि नभएको मौका छोपि छोराको विवाहको लागि तयार गरेको सुन नगद र केहि भाँडा कुडा समेत चोरी भएको छ । त्यस्तै गरी पसलमा मानिस यता उता कतै गएको मौका छोप्दै पसलको कन्तुरमा रहेको नगद कुम्ल्याउने कार्य पनि पछिल्लो समय बढ्दो छ । बजारमा रहेको पसल र घरहरुमा सिम साँझैबाट ढोका ढक्ढक्याएर चियो बुझ्ने कार्य व्यापक भएको जानकारी प्राप्त भएको छ ।

    जिल्लाको व्यापारीक केन्द्र बनेपा, धुलिखेल, पाँचखाल जस्ता स्थानहरुमा चोरी बढ्दै गर्दा पनि प्रहरीले खासै सकृयता देखाउन सकेको छैन । विगत केहि बर्ष अगाडि व्यापक मात्रामा चोरीको घटनाहरु हुन थालेपछि प्रहरीको सक्रियतामा चोरी नियन्त्रण गर्न सफल भएको थियो । तर पछिल्लो समयमा प्रहरीले ग्रस्तिमा खासै ध्यान नदिदा समस्या आएको स्थानियहरुको भनाई रहेको छ । चोरीको घटनाहरु जति भएपनि चोर पक्रन नसक्दा घरपालुवा चौपायहरु समेत चोरी गर्न थालेकाछन् । धुलिखेल नगरपालिका १२ शंखुका घरमा बाँधेर राखेको खसि चोरी भएको छ, तर सो चोरी गर्ने चोर भने प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

    शंखुका सूर्यमणि दाहालको घरवाट खसि हराएपछि प्रहरी चौकी पनौतिमा उजुरी गरेका थिए । चौकीका इन्चार्ज विष्णु दुलालको सकृयतामा हराएको खसि फेला परेको छ । उजुरी आउना साथ गोप्य ढंगबाट पनौतीका सबै मासु पसलमा सुराकि खटाएका निगरानी बढाएका थिए । हराएको खसि फेला परेपछि प्रहरीले शंखुबाट खसी चोरको आशंकामा सुदिप श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

    सूर्यमणि दाहालको खसी उनकै छिमेकी सुदिपले चोरेर पनौती १० पस्थलीका श्याम श्रेष्ठलाई ९ हजारमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बनेपाले खसी चोरीको अभियोगमा धुलिखेल १२ का सुुदिप श्रेष्ठलाई सोमबार मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको छ । अरनिको राजमार्ग खण्डको धुलिखेलदेखि हनुमान गडि सम्म र जिरो किलो देखी ५४ किलो सम्म सडकमा सवार गर्ने मोटरसाईकल चालकहरुलाई लुट्ने उद्देस्यले लखेटेको जनगुनासो समेत आउने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार