२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अबैध रक्तचन्दनमा संलग्न लाई प्रहरीले झ्याप


२५३१ पाठक संख्या

काठमाडौं-विगतमा धेरै चर्चा आउने गरेको अवैध रक्तचन्दनको कारोबार केही समयदेखि चर्चामा नआएको समयमा काठमाडौबाट ठुलो

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-विगतमा धेरै चर्चा आउने गरेको अवैध रक्तचन्दनको कारोबार केही समयदेखि चर्चामा नआएको समयमा काठमाडौबाट ठुलो परिणामको चन्दन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई आइतबार काठमाडौंको सरस्वती नगरबाट पक्राउ गरेको हो ।

    रक्तचन्दनको ८७ थान गोलिया सहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको धुस्कुन गाउँपालिका–७ का ३७ वर्षीय जनकबहादुर कार्की, काठमाडौं–३, बाँसबारीका ६७ वर्षीय कुमार गुरुङ, रुपन्देहीको सिद्धार्थनगर–८ बस्ने ३७ वर्षीय जनक पन्थी र मोरङको मिक्लाजुङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय डिल्लीराम लिम्बु छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार