२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुर्ती निरीक्षकको जिम्मेवारी स्थानीय तहलाई


३१७९ पाठक संख्या

मानव स्वास्थ्यमा असर पु¥याउने सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्ने उद्देस्यले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • मानव स्वास्थ्यमा असर पु¥याउने सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्ने उद्देस्यले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकेको छ । विगतमा प्रत्तेक जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारीलाई मात्र सुर्ती निरिक्षणको जिममेवारी तोकेकोमा थप प्रभावकारिताको लागि मन्त्रिपरिषद्को वैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुलाई सुर्ती निरीक्षकको जिम्मेवारी तोकेको हो ।
    मन्त्रिपरिषदको बैैठकले ७ सय ५३ जना प्रमुख प्रशासकीय अधिकृतलाई सुर्ती निरीक्षकको जिम्मेवारी दिएसँगै नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने सुर्ती निरीक्षक साहायक प्रमुख जिल्ला अधिकारी ७७ जना समेत ८ सय ३० पुगेको छ ।
    विगतमा तोकिएको जिम्मेवारीबाट खासै सुधार नभएका, सुर्तीजन्य पदार्थको बिक्री वितरण र नियन्त्रणमा उल्लेख्य सुधार आउन सकेको ठहर गर्दै स्थानिय तहमा समेत अधिकार दिएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार