२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मण्डनदेउपुर नगरकोे सार्वजनिक सुनुवाइ सम्पन्न आफुले भनेकैै हुनुपर्छ भन्ने सोचको अन्त्यगर्नु पर्छ -गोकुल


५६६५ पाठक संख्या

मण्डन-मण्डनदेउपुर नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरले हाल सम्म गरेको कार्यको बिषयमा

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • मण्डन-मण्डनदेउपुर नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरले हाल सम्म गरेको कार्यको बिषयमा आम सरोकारवालाहरुलाई जानकारी गराउने उद्देस्यले गरेको उक्त कार्यक्रममा जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सांसदहरुलाई सम्मान समेत गरेको थियो । नगरपालिका प्रमुख टोकबहादुर वाईवाले सांसदहरुलाई माला, खादा र सम्मानपत्रद्वारा सम्मान गर्दै बधाई र शुभकामना दिदै निर्वाचित सांसदहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

     


    कार्यक्रमा सम्मानीत प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले नगरपालिकालाई आत्मनिर्भर बनाउन तत्काल नसकिने भएकाले आत्मनिर्भर नहुँदासम्म प्रदेश र केन्द्रसरकारको तर्फबाट अनुदान आउने बताउनु भयो । नगरले बिस्तारै आत्मनिर्भर हुंदै नगरवासिको हितको लागि कार्य गर्नु पर्ने बताउनु भएको थियो । नगरपालिकाले गर्ने कामहरुमा स्वच्छ , जनमुखि हुनुपर्ने धारणा राख्दै आफुले भनेको मात्रै हुनु पर्छ भन्ने सोचको अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।
    कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज), प्रदेश सभाका सांसदहरु रत्न ढकाल, बसुन्धरा हुमागाई, चन्द्र लामा र लक्ष्मण लम्साल समेतले काभ्रेली र काभे्रकोे विकासका लागि स्थानीय सरकारहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भएको थियो । नगर प्रमुख टोकबहादुर वाईवाले नगरपालिकाले माघ १७, १८, १९ र २० गते हिँउदे नगरसभाको अयोजना २१ वटा कानुन निर्माण गरी नगरवासिहरुको गुनासालाई सम्बोधन गर्ने बताउनु भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख निर्मला शाह, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सेवाग्राहीहरुको गुनासो तथा भइरहेका कामको बारेमा जानकारी गराएको थियो । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भई कार्य शुरु गरेको आधा वर्ष वितिसक्दा समेत नागरिकहरुले घर दैलोमै सेवा प्राप्त गर्न नसकिरहेको गुनासो गरिरहेका बेला मण्डन देउपुर नगरपालिकाले अर्ध बार्षिक कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

    नगरबासिहरु केशवप्रसाद सापकोटाले भुकम्प पीडितहरु लाभग्राही सूचीमा नपरेको, परेका भुकम्प पीडितहरुको समेत अनुदान प्राप्त नभएको, किस्ता समयमै प्राप्त नभएको गुनासो गरेका थिए । नगरपालिका भित्रको सामुदायिक भवनहरु, सामाजिक सम्पदाहरु, सार्वजनिक जग्गाहरुको संरक्षण गर्नु पर्ने छुटेका भुकम्प पीडितहरुलाई तत्काल लाभग्राही सूचीमा समावेश गरी अनुदान उपलब्ध गराउन नगरपालिकाले पहल गर्नु पर्ने नगरबासिहरुले बताएका थिए । त्यस्तै योगनाथ डोटेलले विद्युत्त प्राधिकरणले लगेको हाईड्रेसनको लाईन तलका जग्गावालाहरुलाई मुआब्जा दिन पहल गर्नु पर्ने बताएका थिए । नगर भित्रका बैकल्पिक सडकको मापदण्ड, सडक गुरुयोजना निर्माण, योजनाहरुको अनुगमन र सम्झौता जस्ता विषयमा नगरबासिहरुले गुनासो राखेका थिए । नगरबासि विष्ष्णुप्रसाद पौड्यालले हुनेखानेहरुले भुकम्प पीडितको सूचीमा नाम राखी अनुदान लिएको र घर नै नभएकाहरुको छुटेको बताएका थिए । केहिले रकम फिर्ता गरे पनि कर्मचारीहरुले भुकम्प पीडितका नाममा आएको रकम कहाँ गयो बताउन नसकेको पौड्यालले बताउनु भएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भिमकान्त शर्माले ६ महिनामा नगरपालिकाले गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो । ६ महिनामा नगरपालिकाले ७ करोड ८९ लाख ४ जार खर्च गरिसकेको जानकारी गराउंदै नगरको प्रोफाईल बनाउने, हरेक वडामा इन्टरनेट सेवा उपलब्ध गराउने, फर्निचरहरु उपलब्ध गराई कर्मचारीहरुको ब्यवस्थापन गर्ने, नागरिक वडापत्र राख्ने जस्ता योजनाहरु रहेको बताउनु भएको थियो । नगरपालिको २९ वटा योजना सम्पन्न गरिसकेको, ३३ वटा योजना सम्झौता भएको र अरु प्रकृयामा रहेको उहाँको धारणा थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार