२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कर्मचारी छाडातन्त्रको अन्त्य गर्छौं – प्रचण्ड पार्टी एकताको लागि धेरै दिन कुर्नु पर्दैन


२६२१ पाठक संख्या

आई.आर.के मैनाली धुलिखेल-“केही छाडातन्त्रको पछि लागेका कर्मचारीले गर्दा जनताले दुःख पाएका छन्, कानुन सम्बत कुनै

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १९, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • आई.आर.के मैनाली

    धुलिखेल-“केही छाडातन्त्रको पछि लागेका कर्मचारीले गर्दा जनताले दुःख पाएका छन्, कानुन सम्बत कुनै पनि काम सहज ढंगबाट सम्पन्न गर्नको लागि कर्मचारी भित्र भएको छाडा तन्त्रको अन्त्य गर्छौ” ।


    उक्त भनाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) शुक्रबार धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभाको उद्घाटन गर्ने क्रममा बताउनु भएको थियो । उहाँले थप्नुभयो कर्मचारीहरुले गर्दा सेवाग्राहिहरुले सास्ति खेप्नुपर्ने अवस्था आएकोले कठोर बनेर काम लगाउनुपर्ने अवस्था आएको बताउनु भयो । बिगतमा राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुले गर्दा समस्या आएकोले त्यस्ता लाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताउनु भयो ।

    प्रमुख अतिथि प्रचण्डले थप्नुभयो अब बन्ने वामपन्थी नेतृत्वको सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य गर्ने ठोकुवा गर्नु भयो । आफू पनि कृषिको विद्यार्थी भएकोले कृषिको क्रान्तिबिना नेपालमा आमुल परिवर्तन ल्याउन संम्भव नरहेकोले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम नयाँ सरकारले ल्याउने ठोकुवा गर्नु भयो । लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परिवर्तन भइसकेकाले अबको प्रमुख कार्य भनेको कृषिको माध्यमबाट आर्थिक क्रान्ति सम्पन्न गर्ने तर्फ बाम गठबन्धनको सरकार अगाडि बढ्ने ठोकुवा गर्नु भयो ।

    त्यसैगरी अध्यक्ष प्रचण्डले बाम गठबन्धनको एकताको बिषयमा कुनै शंङ्का गर्नु नपर्ने बताउंदै केही भित्रै एमाले र माओवादीबीच एकता हुने बताउनु भयो । काभ्रेको महाभारत गाउँपालिकाले आयोजना गरेकोे जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने ठोकुवा गर्नु भयो । वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाए पनि हामी केही दिनमै पार्टी एकता गरेर नेपाली जनता र नेपालको हित चाहने बिदेशि मुलुकहरुलाई नयाँ संदेश दिने बताउनु भयो ।

    ७ दशक देखि प्रतिक्रियावादीहरुले देशलाई अगाडि बढ्न नदिने खालको कार्य गर्दै आएपनि अब उनीहरुको योजना सफल हुने दिन समाप्त भएको बताउनु भयो । प्रदेश नं ३ को राजधानी हर कारणले काभ्रेमा ठिक हुने भएकोले अस्थाई जहाँ तोकिएपनि स्थाई काभे्रनै हुने बताउनु भयो । अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रमुख अतिथि प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै बनाउन सक्ने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार